प्युठान । प्युठान ऐरावती गाउँपालिका–६ बिजुली बैरेनीका लालमणि पाण्डेले व्यावसायिक रुपमा घाँसका विरुवा उत्पादन गर्दै आएका छन् । चालिस वर्षीय पाण्डेले १३ वर्षसम्म अस्थायी करारमा साविकका २४ गाविसमा सामाजिक परिचालकको जागिर छोडेपछि व्यवसायिक रुपमा घाँसका विरुवा उत्पादन शुरु गरेको बताए ।
विसं २०७३ मा उनले घरेलु तथा साना उद्योग कार्यालय र पशु कार्यालयमा क्षितिज बाख्रा तथा घाँसेवाली बीउबेर्ना नामक फर्म दर्ता गरी व्यवसाय शुरु गरेका थिए । पहिलो वर्षको चार महिनामै नर्सरीबाट विरुवा उत्पादन गरी बिक्री वितरण गरेको बताए । पाण्डेले आफ्नै पाखो बारी र खेतमा करीब चार रोपनी क्षेत्रफलमा घाँसका विरुवा उत्पादन गरेको बताए । हाल फर्ममा डाले र मसिनो गरी करिब १४ हजार घाँसका विरुवा उत्पादन भएका छन् । म्
उनले घाँसका विरुवाहरु बिक्री गरेर आर्थिक उपार्जन समेत आर्जन गर्दै आएका छन् । पहिलो वर्ष रु १५ हजार, दोस्रो वर्ष रु ६० हजार, तेश्रो वर्ष रु ६१ हजारबराबरको घास बिक्री गरेको सञ्चालक पाण्डेले बताए । त्यस्तै गत असारमा रु एक लाख २० हजारको घास उत्पादन गरेपनि रु ३७ हजार बराबरको मात्र घाँसका विरुवा बेच्न सफल भएका छन् ।
पाण्डेले गाउँपालिकाबाट रु।५० हजार अनुदान र आफ्नो लगानीमा रु।२५ हजार गरी रु ७५ हजार लगानीमा घाँसका विरुवा उत्पादन व्यवसाय शुरु गरेका थिए । व्यवसायलाई फस्टाउनका लागि स्थानीय तहमा पशु कार्यालयबाट किसानहरुलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएमा व्यवसायमा फाइदा पुग्ने उनले बताए । पाण्डेले घाँसका विरुवा उत्पादनसँगै बाख्रापालन समेत गरेका थिए । हाल उनका फर्ममा १४ वटा बोयर क्रस बाख्रा रहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: