काठमाडौँ । नेपालमा नवीकरणीय ऊर्जा प्रविधि (सौर्य, वायोमास र वायु) को प्रशस्त सम्भावना रहेकाले विदेशबाट आयातित जैविक इन्धनलाई प्रतिस्थापन गरी हरित गृह ग्यास उत्सर्जनमा निर्भरता कम गर्न सकिने विज्ञहरुले बताएका छन् । राष्ट्रिय प्रशारण वा अन्य नवीकरणीय ऊर्जाबाट एकीकृत स्मार्ट ग्रिड वा ऊर्जा भण्डारणको प्रविधिमार्फत माग र आपूर्तिलाई सन्तुलित गरी भरपर्दो ऊर्जा प्रणालीको विकास गर्न सकिएमा ऊर्जा सुरक्षा र आत्मनिर्भर हुन सकिने आज यहाँ आयोजित वेबिनारमा विज्ञहरुको धारणा रहेको थियो ।
काठमाडौँ विश्वविद्यालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालमा हाल १३ सय मेगावाट विद्युत् उत्पादन भएको र तीन वर्षभित्र झण्डै तीन हजार मेगावाट उत्पादन हुन गइरहेको, सौर्य तथा वायु ऊर्जाका ठूला आयोजनाहरु पनि सञ्चालन हुन गइरहेका तथा संस्थागत र व्यापारिक प्रयोजनका ठूला क्षमताका वायोग्यास प्लान्टहरु पनि धमाधम निर्माण भइरहेकाले विस्तारै नेपालले नवीकरणीय ऊर्जाबाटै ऊर्जाको समपूर्ण आवश्यकता परिपूर्ति गर्नसक्ने बताइएको छ । विद्युत्लाई बत्ती बाल्न मात्र नभई अन्य आर्थिक क्रियाकलापहरुमा पनि उपयोग गर्दा आयातित इन्धनको खपतलाई घटाउन सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने भएकाले सरकार, विकास साझेदार र निजी क्षेत्रको सामूहिक प्रयासको खाँचो रहेको उनीहरुको भनाइ छ ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले १५ औं पञ्चवर्षीय योजनामा नेपालमा विकास गर्न नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न लक्ष्यहरु राखिएको र त्यसको कार्यान्वयनबाट मुलुक पूर्णरुपमा विद्युत्मा आत्मनिर्भर बन्नसक्ने र छिमेकी मुलुकमा पनि बिजुली निर्यात गर्न सक्षम हुने विश्वास व्यक्त गरे । उनले खाना पकाउन आयातित एलपी ग्यास र परम्परागत दाउरा, गुइँठाको खपत कम गर्न बिजुली, वायोग्यास र सुधारिएको चुलोको प्रयोगमा जोड दिइएको बताए ।
पूर्वमन्त्री गणेश साहले नवीकरणीय ऊर्जा स्रोतको उपयोग वृद्धि गरी कृषि उत्पादनदेखि भण्डारण र बजारीकरण गर्न सकिएमा खाद्यान्नमा पनि आत्मनिर्भर हुन सकिने धारणा राखे । अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका वैज्ञानिक प्रा एन्ड्रयू ब्लाकरले विश्वका अधिकांश देशहरु अहिले नवीकरणीय ऊर्जाको विकास र विस्तारमा लागिरहेकाले नेपालले पनि जैविक तथा परम्परागत इन्धनको निर्भरताको अन्त्य गरी यहाँ उपलब्ध सौर्य, वायु तथा वायोमासजस्ता नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनमा लाग्न सुझाव दिए ।
ऊर्जाविद् प्राडा जगन्नाथ श्रेष्ठले नवीकरणीय ऊर्जा स्वच्छ र दिगो ऊर्जा स्रोत भएकाले वातावरण र जनस्वास्थ्यको साथै लागतको हिसाबले पनि अन्य ऊर्जा स्रोतभन्दा निकै सस्तो पर्ने भएकाले यसको विकासमा जोड दिनु आवश्यक रहेको बताए । केन्द्रका पूर्व कार्यकारी निर्देशक डा नारायण चौलागाईंले नवीकरणीय ऊर्जा प्रविधिको उपयोगका लागि सरकार र विकास साझेदारहरू मिलेर काम गरिरहेको उललेख गरे ।
सो अवसरमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राडा सुवोध शर्मा र प्राडा सुनील लोहानी, केन्द्रका डा लक्ष्मणप्रसाद घिमिरे र नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका पूर्व अध्यक्ष नवीन भुजेलले नेपालमा नवीकरणीय ऊर्जाको क्षेत्रमा भइरहेको प्रगति र समस्याहरुका बारेमा प्रकाश पारेका थिए । परिसङ्घका अध्यक्ष गुणराज ढकालले सबैको लागि आधुनिक ऊर्जामा पहुँच विस्तार गरी दिगो विकास लक्ष्य हासिल गर्न सरकारले निजी क्षेत्र र दातृ संस्थाहरुसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: