काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने सरकारको तयारी रहेको बताएका छन् । बियोन्ड बेइजिङ कमिटी, नेपालले प्रकाशन गरेको ‘एक्सेस टु जस्टिसः सोसियलइन्टर प्राइज इन नेपाल’ नामक अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित भर्चुअल कार्यक्रममा उनले उक्त कोष स्थापना गर्ने तयारी गरेको बताएका हुन् ।
मन्त्री गुरुङले समाज सेवा तथा मानवीय सेवा गर्ने पवित्र उद्देश्यका साथ खोलिएका सामाजिक सङ्घसंस्थालाई विदेशीदाताको आर्थिक सहायतामा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि समाजकल्याण परिषद्अन्र्तगत सो कोष स्थापना गर्ने तयारी अघि बढाइरहेको स्पष्ट पारे ।
उनले सामाजिक उद्यमशीलतामैत्री ऐन, कानून तत्काल तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक उद्यमशीलताको अभियानलाई अघि बढाउने गरी ऐनकानून निर्माण गर्नका लागि आवश्यक सुझाव दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरे । “सामाजिक उद्यमशीलताको क्षेत्रमा देखिएका करका समस्या समाधान हुने गरी ऐनकानूनको परिमार्जन गर्नुपर्ने आवश्यक्ता देखिएको छ”, मन्त्री गुरुङले भने, “त्यसका लागि आवश्यक सुझाव दिन म समाजकल्याणका क्षेत्रका कार्यरत सङ्घसंस्था, गैरसरकारी क्षेत्रमा कार्यरत सङ्घसंस्था तथा नागरिक समाजका अगुवाहरुलाई आह्वान गर्दछु ।”
मन्त्री गुरुङले सामाजिक उद्यमशीलताका माध्यमबाट ग्रामीण तथा हिमाली क्षेत्रका महिलालाई उद्यमशील बनाउन चालू आर्थिक वर्षदेखि सबै स्थानीय तहमा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र’ स्थापना गर्ने सोच अघि बढाइएको पनि स्मरण गराए । उनले समाजमा महिला हत्याहिंसा हुन नदिने गरी महिलालाई आर्थिक रुपमा सबल बनाउन सामाजिक उद्यमशीलताको अभियानले महत्वपूर्ण योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरे ।
मन्त्री गुरुङले महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि काठमाडौँको भृकुटीमण्डपमा ‘बजार केन्द्र’ स्थापना गर्ने योजना ल्याइएको उल्लेख गर्दै त्यसमा साथ दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरे । गैरसरकारी संस्था महासङ्घ, नेपालका अध्यक्ष जीतराम लामाले सामाजिक उद्यमशीलताको विकासका लागि आवश्यक ऐनकानुनको व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: