काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.४५ अङ्कले घटेर एक हजार ४९९.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५४ अङ्कले घटेर ३०२.१९ मा पुगेको छ ।
आज कूल १९१ कम्पनीका ७० लाख ३८ हजार ९९० कित्ता शेयर रु दुई अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ मा खरिदबिक्री भयो । कारोबार भएको कूल १२ मध्ये दुई उपसमूहको शेयर बढेको छ । व्यापार २२.६३ र सामूहिक लगानी कोष ०.०१ अङ्कले बढ्दा बैंकिङ ८.१४, होटल २५.५९, विकास बैंक २०.८, जलविद्युत् ५.७४, वित्त २, निर्जीवन बीमा २५.६१, उत्पादन ४०.४३, अन्य १२.६५, माइक्रोफाइनान्स १०.२७ र जीवन बीमा २६.३३ अङ्कले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको शेयर रु ४० करोड १३ लाख एक हजार ८४ मा कारोबार भई शीर्ष स्थानमा रह्यो । नेपाल बैंक लिमिटेड रु ११ करोड ७३ लाख ५२ हजार ९८६, नेको इन्सुरेन्स रु १० करोड एक लाख ५४ हजार ४५९, अरुण काबेली पावर लिमिटेड रु आठ करोड ८२ लाख ३३ हजार २६९, शिखर इन्सुरेन्स रु आठ करोड २५ लाख ५८ हजार ५२५ र शिवम् सिमेन्ट्स लिमिटेडको रु सात करोड ८४ लाख ४८ हजार ५६१ मा कारोबार भई शीर्ष स्थानमा रह्यो ।
उन्नति सहकार्य लघुवित्त ९।९०, अरुणभ्याली हाइड्रोपावर लिमिटेड ९.८२, जोशी हाइड्रोपावर ९.७२, राधी हाइड्रोपावर ९.६२, युनिभर्सल पावर ९.५२, नेपाल हाइड्रो डेभपलपर्स ६.६७ र अरुण काबेली पावरका शेयरधनीले ५.९९ प्रतिशतले कमाए ।
यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर ९.८७, रसुवागढी हाइड्रोपावर कम्पनी ५.२९, हिमाल दोलखा हाइड्रोपावर कम्पनी ४.४, छ्याङ्दी हाइड्रोपावर ३.८१, श्री इन्भेष्टमेन्ट प्रालि ३.७५ र मल्टीप्रपोज फिनान्स कम्पनीका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: