काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द अवस्थामा रहेपछि बचतकर्ताहरू अन्योलमा परेका छन्। कार्यालय बन्द हुनुका साथै व्यवस्थापन पक्षबाट स्पष्ट जवाफ नआउँदा रकम फिर्ता पाउने विषय अनिश्चित बनेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको ढुवानी सेवामा कार्यरत, तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट ट्रेड युनियनसँग आबद्ध मजदुरहरूले सहकारीमा बचत गरेका थिए। पार्टीसम्बद्ध नेताहरूको विश्वासमा भविष्य सुरक्षित हुने अपेक्षासहित रकम जम्मा गरे पनि अहिले बचत फिर्ता नपाएको गुनासो उनीहरूको छ।
सुविधानगर–तीनकुनेस्थित सहकारीको कार्यालयमा साइनबोर्ड यथावत् देखिए पनि कार्यालय वर्षौँदेखि बन्द रहेको स्थानीयले बताएका छन्। कार्यालय बन्द भएपछि नियमित कारोबार ठप्प भएको र बचत फिर्ता प्रक्रियासमेत अघि नबढेको बचतकर्ताहरूको भनाइ छ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत रमेश थापाले यस विषयमा संस्थाका हर्ताकर्ता तथा ट्रेड युनियन नेता प्रकाश श्रेष्ठसँग बुझ्न आग्रह गरेका छन्। सहकारी सञ्चालन र व्यवस्थापनसम्बन्धी प्रश्नमा आफूले टिप्पणी नगर्ने उनले बताएका छन्। श्रेष्ठसँग सम्पर्क गर्न खोजिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन।
बचतकर्ताहरूले पार्टी नेता वर्षमान पुन र कार्यालय सचिव गणेशमान पुनसँग पनि पहलको माग गर्दै आएका छन्। सहकारी सञ्चालनमा राजनीतिक पहुँच प्रभावकारी हुन सक्ने विश्वासका आधारमा उनीहरूले शीर्ष नेतृत्वसम्म विषय पुर्याउने तयारी गरेको बताएका छन्।
सहकारी क्षेत्र पछिल्ला वर्षहरूमा वित्तीय अनुशासन र पारदर्शिताको प्रश्नमा आलोचनामा परिरहेको सन्दर्भमा यो प्रकरणले फेरि मजदुर वर्गको बचत सुरक्षामाथि प्रश्न उठाएको छ। स्पष्ट जानकारी र आधिकारिक धारणा नआउँदा बचतकर्ताहरूमा त्रास बढेको छ।
सहकारीका जिम्मेवार पदाधिकारी र सम्बद्ध निकायबाट औपचारिक स्पष्टिकरण तथा नियामक निकायको हस्तक्षेप नहुँदासम्म बचतकर्ताहरूको अन्योल कायमै रहने देखिएको छ। मजदुरहरूले आफ्नो बचत सुरक्षित रूपमा फिर्ता पाउने सुनिश्चितता माग गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १०:४७
प्यूठान । माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो । नुहाउन खोलामा गएका ...
बैशाख ४ गते, २०८३ - १०:४५
काठमाडौं । गृहमन्त्री सुदन गरूङले ज्यानसम्बन्धी कसुरमा पक्राउपछि अनुसन्धानका लागि दिइने २५ दिनको कानुनी समयसीमा अपुग हुने बताएका छन्। गृह मन्त्रालयमा ...
बैशाख ४ गते, २०८३ - १०:३६
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेसनपछि त्रिवी शिक्षण अस्पतालमा उपचाररत ओल...
बैशाख ४ गते, २०८३ - १०:१०
धनकुटा । पछिल्ला वर्षहरूमा धनकुटामा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हु...
बैशाख ४ गते, २०८३ - ०९:४५
काठमाडौं । सुन ठगीको आरोपमा दुई पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीया बीबी काल्सुम र ४१ वर्षीया साभ्ना रहेका छन् ...
बैशाख ४ गते, २०८३ - ०९:४०
काठमाडौं । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आज काठमाडौंको मातातीर्थमा ...
बैशाख ४ गते, २०८३ - ०९:३८
धनगढी । देशको नक्सामा रेखा कोर्न सजिलो छ, तर भूगोल जोगाउन बाटो चाहिन्छ । बाटो नभए सीमाना कागजमै रहन्छ, बस्ती बिस्तारै पराइ बन्छ । व्यासको कथा यही हो। ...
बैशाख ४ गते, २०८३ - ०९:१४
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान ...
बैशाख ४ गते, २०८३ - ०९:०९
धनुषा । मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय...
बैशाख ४ गते, २०८३ - ०९:०१
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको पर...


प्रतिकृया लेख्नुहोस्: