Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

डोटीमा ३० जनामा स्क्रबटाइफस

डोटी । यहाँ ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा यति ठूलो सङ्ख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका हुन् ।

जिल्ला अस्पतालका अनुसार गत साउन २० गतेदेखि यही भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा उक्त सङ्ख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका छन् । सङ्क्रमण देखिएका बिरामीमध्ये केहीमा जटिल समस्या देखिएका कारण आईसियु आवश्यक पर्ने भएकाले जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा थप उपचारका लागि रेफर गरिएको जिल्ला अस्पतालका एमडिजिपि डा. प्रमोद भट्टले बताए ।

माइट नामक किराको टोकाइबाट स्क्रबटाइफसको सङ्क्रमण फैलिने र यो रोग रगतका माध्यमबाट शरीरका कलेजो, मस्तिष्क, फोक्सो तथा मृगौलालगायतका अङ्गमा प्रवेश गरी विभिन्न लक्षण देखापर्ने डा। भट्टले जानकारी दिए । रो रोगबाट बच्न सरसफाइमा विशेष जोड दिनुपर्ने र ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढदै गएपछि यसबाट बच्न सकिने उपायका बारेमा स्वास्थ्य कार्यालयमार्फत जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: