Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पुर्याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।

महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० लाई पनि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटर्रेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन् ।

मंगलबार उनले एक सञ्चारमाध्यमको अन्तर्वार्तामा कोरोना भाइरस ९कोभिड १९० को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने पनि बताएका छन् । विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा काम गरिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन र अरु निकायहरुले पनि यस महामारीका विरुद्धमा जारी राखेका प्रयासमा सघाउ पुर्याउनु विश्व समुदायको दायित्व भएको पनि उनको भनाइ छ ।

कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले संयुक्त राष्ट्रीय प्रणाली पनि त्यसमा कार्यरत रहेको बताए । उनले अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै उनले सहयोगका लागि यो अपिल गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: