Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

टीकापुरमा जङ्गली हात्तीको आङ्तक

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–८ श्रीलङ्कामा जङ्गली हात्तीले स्थानीयवासीलाई आतङ्कित बनाएको छ । जङ्गली हात्तीले श्रीलङ्कामा घर भित्र्याउने तयारीमा रहेको धानबाली र उखुखेतीमा क्षति पुर्याएको छ । श्रीलङ्काका नागरिक नदी कटानसँगै जङ्गली हात्तीबाट समेत पीडित बनेका छन् । त्यहाँका नागरिक वर्षेनी बालीनाली उब्जनी हुने बेलामा हात्तीको आतङ्क सहन बाध्य छन् ।

केही दिनअघि आएको हात्तीको बथानले स्थानीयवासीको दर्जनौँ बिघामा लगाइएको धानखेती र दुई घर भत्काएको रुपा बोहराले बताए । “हात्तीको बथानै आउने गरेको छ”, बोहराले भने, “रातिको समयमा आगो बालेर, बाजा बजाएर हात्ती भगाउने गरेका छौँ, हात्ती भगाउन रातभर जाग्राम बस्ने गरिएको छ ।”

बस्तीमा धान पाक्ने सयममा दैनिक जङ्गली हात्ती आउन थालेका स्थानीयवासी तिलक बोहराले बताए । “यो आजको समस्या होइन, हरेक वर्ष हामी हात्तीबाट पीडित बन्दै आएका छौँ, हात्तीले वर्षेनी दुई÷चार घर भत्काउने र दर्जनौँ बिघा खेती खाइदिने गरेका छन्”, तिलकले भने, “यहाँ खेती राम्रो हुन्छ तर जोगाउनै मुस्किल हुन थालेको छ, एकातिर नदी कटान तीव्र छ, अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको छ ।”

विसं २०४० अघि श्रीलङ्कामा ५०० परिवारको बसोबास थियो । नदी कटान र हात्तीले सताउने भएपछि धेरै परिवारले त्यो ठाउँ छाडे । श्रीलङ्कामा अहिले करिब ५० परिवारको बसोबास छ । त्यहाँ दुई हजार बिघा क्षेत्रफलमा धानखेती र करिब ५० बिघामा उखुखेती हुने गरेको छ । कर्णाली नदी कटानले गर्दा उर्वर खेतीयोग्य जमिन मासिँदै गएको छ । नदी कटानले बचेको जमिनमा अन्नबालीको फसल राम्रो फल्छ । धान घर भित्र्याउने समयमा सहजै भारतीय दुधुवा नेशनल पार्कबाट हात्तीको बथान आएर क्षति पुर्याइरहेको बोहराले बताए ।

हात्तीले आतङ्कित भएका स्थानीय हात्ती नियन्त्रण तथा धपाउनका लागि समुदायस्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गर्दछन् । हात्ती आएर घर भत्काउने र अन्नपात नष्ट गर्ने भएकाले रातभर जागाराम बस्ने गरेको स्थानीयवासी नयाँराम बुढाले बताए । यहाँका बासिन्दा दीर्घकालीन समाधानका लागि करेन्टसहितको तारबार लगाइदिनुपर्ने माग गर्न थालेका छन् । उनीहरुले हात्ती भगाउन उच्च टहरा भए सहज हुने भएकाले हटरा निर्माण गरिदिन स्थानीय तहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

श्रीलङ्कामा नदी कटानले करिब ५०० बिघाको टापु बनेको छ । यहाँ वर्षेनी कर्णाली नदीले दर्जनौँ बिघा जमिन कटान गर्ने गरेको छ । टीकापुर– ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला विपद्को जोखिममा रहेको वडा भएकाले यहाँका नागरिकका समस्या समाधानका लागि नगरपालिका गम्भीर भएको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: