Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

खबरडबली संवाददाता

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथपछि मात्रै सरकार बनाउने रास्वपाको योजनापछि नयाँ सरकार गठन केही दिन पछाडि धकेलिएको छ । कानुनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सांसदहरूको शपथअगावै सरकार गठन हुन सक्छ । तर, रास्वपाले पहिला संसद् सदस्यको शपथ लिएपछि मात्रै सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ । 

२१ फागुनको निर्वाचनपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । यद्यपि, यसको औपचारिक प्रक्रिया भने सुरु भइसकेको छैन । यसअघि १० चैतभित्र नयाँ सरकार बन्न सक्ने बताइएको थियो । तर, सांसदको शपथपछि निर्माण गर्ने रास्वपाको तयारीपछि कम्तीमा १३ चैतअगाडि प्रधानमन्त्री नियुक्त नहुने निश्चित भएको छ । 

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले १२ चैतमा सांसदहरूको शपथ गराउने गरी सरोकारवाला पक्षसँग छलफल भइरहेको बताए । त्यसअघि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले ५ चैतको अपराह्न राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बुझाउँदै छ । आयोगका प्रवक्ता नारायण भट्टराईले ५ चैतमा समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरेर राष्ट्रपतिसमक्ष अन्तिम मतपरिणाम प्रतिवेदन पेस गरिने बताए । यसका लागि राष्ट्रपति कार्यालयसँग समय लिइसकिएको छ ।

आयोगले अन्तिम परिणाम प्रतिवेदन बुझाएपछि औपचारिक रूपमा सरकार गठनको प्रक्रिया प्रारम्भ हुने कानुनी व्यवस्था छ । प्रतिवेदन प्राप्त गरेपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नेछन् । राष्ट्रपतिसमक्ष पेस गरेको प्रतिवेदन संसद् सचिवालय पुग्नेछ । प्रतिवेदन प्राप्त गरेपछि सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथग्रहणको औपचारिक तयारी थाल्नेछ । 

संसद् सचिवालयले सरकार र प्रमुख दल (रास्वपा)सँग सांसदहरूको शपथका सम्बन्धमा छलफल गरिरहेको छ । ‘हामीले १२ चैतमा शपथ राख्ने गरी सरोकारवाला पक्षसँग छलफल अगाडि बढाएका छौँ । सम्भवतः सोही मितिमा माननीयज्यूहरूको शपथ हुन्छ । शपथपछि मात्रै अधिवेशन आह्वानको प्रक्रिया अगाडि बढ्ला,’ संसद् सचिवालयका महासचिव पाण्डेयले भने । 

कानुनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सरकार गठन प्रक्रिया अगाडि बढ्छ । यद्यपि, सांसदहरूको शपथअगावै सरकार गठन हुन सक्छ । सरकार गठनमा शपथ प्रधान हुँदैन । तर, रास्वपाले प्रक्रियाअनुसार पहिला संसद् सदस्यको शपथ लिने र त्यसपछि सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ । 

संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । अर्थात् प्रधानमन्त्री नियुक्ति हुन सांसदको शपथ लिनुपर्ने उल्लेख छैन । धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने उल्लेख छ ।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ गराएपछि संसदीय दलको नेता चयन तथा प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढ्ने स्पष्ट गरे । उनले संसद् सचिवालयसँग सल्लाह गरेर शपथ मिति र सरकार गठन प्रक्रिया अगाडि बढाइने बताए । 

‘संसद् सचिवालयले सांसदहरूलाई शपथ गराएपछि संसदीय दलको बैठक बस्छ । संसदीय दलको नेता चयन हुन्छ । त्यसैले शपथभन्दा अगाडि प्रधानमन्त्री नियुक्ति हुँदैन । शपथअगाडि जानैपर्ने अहिले विशेष परिस्थिति पनि छैन,’ उनले भने, ‘सामान्य परिस्थितिमा शपथपछाडि नै प्रधानमन्त्री हो । सामान्य परिस्थितिलाई नै अगाडि लैजान चाहन्छौँ । यस विषयमा सभापति र वरिष्ठ नेताको सल्लाह भएको छ ।’

महामन्त्री बुर्लाकोटीका अनुसार १२ चैतमा सांसदको शपथ भए १३ मा वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरिनेछ । त्यसको जानकारी राष्ट्रपतिलाई गराइनेछ । त्यसपछि राष्ट्रपतिले सोही दिन वा भोलिपल्ट १४ चैतमा प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । यो हिसाबले हेर्दा देशले १५ चैतभित्र नयाँ सरकार पाउन सक्ने रास्वपाका नेताहरू बताउँछन् । 

रास्वपा प्रवक्ता मनीष झाले पनि सरकार गठनमा केही समय लाग्ने बताए । ‘कम्तीमा सरकार गठन हप्ता–दश दिनयता सम्भव छैन,’ उनी भन्छन् । प्रवक्ता झाले केन्द्रीय समितिको बैठक आउँदो आइतबारसम्म बस्न सक्ने र त्यसले विधानमा आवश्यक परिमार्जन हुन सक्ने बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending