Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

ट्रम्प र वाइडेनको पहिलो प्रत्यक्ष बहस: कोरोना, अर्थतन्त्र र अदालतमा केन्द्रित

क्लिभल्याण्ड । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ ।

बहसमा राष्ट्रपतिका उम्मेदबारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जोन वाइडेनका बीचमा आरोप प्रत्यारोप भएको थियो ।

ट्रम्पको प्रस्तुति राम्रो नभएको र फितलो भएको धेरैले टिप्पणी गरेका छन् भने वाइडेनको प्रस्तुति भद्र र सकारात्मक भएको कतिपयको भनाई छ ।

बहस विषेशगरेर कोरोनाभाइरस, देशको अर्थतन्त्र, रोजगारी, सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति, अन्तर्राष्ट्रिय राजनीतिलगायतका विषयमा केन्द्रित भएको थियो ।

बसहलाई १५(१५ मिनेटको छ भागमा प्रस्तुत गरिएको थियो भने विषयबस्तुहरु पनि त्यही अनुसार उठान गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले कर छलेकोसम्वन्धी समाचार सार्वजनिक भएको र बाइडनले आफ्नो कर विवरण सार्वजनिक गरेकै बेला बहस भएको हो ।

पहिलेदेखि नै मुलुकका अत्यन्त धनी व्यवसायीमा गनिनुहुने ट्रम्पले सन् २०१६ मा ७५० डलर मात्र आयकर तिरेको समाचारमा उल्लेख गरिएको छ । तर बहसका क्रममा राष्ट्रपति ट्रम्पले आफूले करोडौं डलर कर तिरेको दाबी गरेका थिए ।

उनका बारेमा नकारात्मक सूचना प्रवाह भइरहेका बेला भएको कार्यक्रममा ट्रम्प दवावमा देखिएका थिए । उनलाई कर छलिसँगै कोरोनाभाइरसबाट उत्पन्न महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको बारेमा उठाइएको प्रश्नमा उनले बढी दवाव महसुस गरेका देखिएको थियो ।

उनले आफुलाई केही गर्न नसकेको र असफल राष्ट्रपतिको आरोप लागिरहेका बेला वाइडेनले पनि लामो समय विभिन्न जिम्मेबारी पाएर पनि केही गर्न नसकेको जवाफ दिएका थिए ।

ट्रम्पले बाइडनलाई जवाफ दिँदै दावीका साथ भने, “मैले ४७ महिनामा तपाईँले ४७ वर्षमा गरेको भन्दा धेरै काम गरेको छु ।”

उनले यो पहिलो बहसबाट दिन खोजेको मुख्य सन्देश नै यही थियो भन्ने देखिएको छ । उनको यही जवाफलाई ट्रम्प र उनका समर्थकहरुले बढी महत्व दिएर प्रचार गरेको र त्यही भिडियो क्लिप बढी सेयर गरिएकाले उनले यसैलाई स्थापित गर्न खोजेको जस्तो देखिएको हो ।

“अमेरिकीहरुले अहिले पनि धेरै समस्याहरु झेलेका छन्, ती समस्याहरु वाइडेनले झण्डै आधा शताब्दी सार्वजनिक जिम्मेबारी सम्हाल्दा देखिका हुन्, उनले त्यसलाई समाधान गर्न कुनै सफलता हासिल गरेको देखिएको छैन, त्योभन्दा बढी त मैले छोटो समयमा गरेको छु,” उनको भनाई छ ।

बहसका क्रममा ट्रम्पले आफ्नो ठाउँमा अहिले बाइडेन भएको भए अमेरिकामा अझ धेरै मानिसको मृत्यु भएको हुने दावी गरे । वाइडेनले भने कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न ट्रम्पले कुनै योगदान गर्न नसकेको र अर्थतन्त्र सुधार तथा बचाउका लागि कुनै योजना नरहेको आरोप लगाए ।

उनले साना ठूला कुनै पनि व्यवसायीहरुलाई राज्यले केही नगरेको र राज्य मुकदर्शक भएको टिप्पणी गरे । ट्रम्पले मास्कको प्रयोगको विषयलाई पनि गलत रुपले प्रस्तुत गरेको वाइडेनले आरोप लगाएका थिए ।

बसहमा वाइडेन निकै कम मात्रै बोल्नु भएको थियो भने धेरै समय ट्रम्पले लिएका थिए । वाइडेनले बोलिरहेका बेलामा पनि ट्रम्पले पटक पटक हस्तक्षेप गर्दै जवाफ दिने वा खण्डन गर्ने गरेका थिए ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले कोरोनाबाट मृत्यु भएकाहरुको तथ्याङ्क यथार्थ सार्वजनिक गरेको र भारत, रुस, चीनलगायतका देशहरुले घटाएर मात्रै विवरणहरु सार्वजनिक गरेको दावी गरे ।

अमेरिकाले मास्क, पिपिई किटलगायतका सामग्रीका साथमा कोरोनाभाइरसविरुद्ध लडिरहेको बताउदै उनले केही समयमा खोप पनि वितरण गरिने बताए ।

ट्रम्पका कतिपय दावीहरुलाई वाइडेनले हाँसेर हल्का बनाइदिने गरेका थिए । बहसमा ट्रम्प तनावमा जस्तो र वाइडेन सहज जस्तो देखिएका थिए ।

कोरोनाभाइरसको त्रासका कारण वहस प्रसारण गरिएको स्टुडियोमा यस पटक निकै थोरै मानिसहरू मात्र सहभागी गराइएको थियो । बहस सुरु गर्नुअघि हात मिलाउने प्रचलन भएपनि यस पटक भने कोरोनाभाइरसकै कारणले दुई प्रतिस्पर्धीले हात पनि मिलाएका थिएनन् ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सँगै राखेर प्रत्यक्ष बहस गराउने प्रचलन लामो समयदेखि चल्दै आएको छ ।

टेलिभिजनहरुबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई महत्वका साथ लिइन्छ भने यहाँको प्रस्तुतिकै आधारमा मतदाताले छनौटको मानसिकता बनाउने गरेको विश्वास गरिन्छ ।

बहस लाखौँ मानिसले हेरेको बताइएको छ । बहसको अरु चरण पनि हुनेछ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy