Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

रसुवा भन्सार प्रकरणमा १३ कर्मचारी निलम्बित, विभागीय कारबाही प्रक्रिया अघि बढ्यो

खबरडबली संवाददाता

काठमाडौं। रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा अनियमितता भएको निष्कर्षसहितको अनुगमन प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गरिएको छ। उनीहरूविरुद्ध विभागीय कारबाही प्रक्रिया पनि अघि बढाइएको छ।

अनुगमन टोलीले प्रज्ञापनपत्र, कार्यालय अभिलेख तथा अन्य कागजातको स्थलगत अध्ययन गर्दा केही विद्युतीय सवारीसाधन भन्सारमा भौतिक रूपमा नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको जनाएको छ।

प्रतिवेदनअनुसार कानुनी प्रक्रिया पूरा नगरी जाँचपास गरिएको देखिएपछि अर्थ मन्त्रालय र भन्सार विभागले आवश्यक कारबाही प्रक्रिया अघि बढाएका हुन्।

जेठ १५ गतेअघि प्रज्ञापनपत्र पास गरिएको तर सवारीसाधन भने जेठ १५ पछिमात्र भन्सारमा आएको विवरण भेटिएपछि सम्बन्धित १३ कर्मचारीलाई तत्काल निलम्बन गरिएको जनाइएको छ।

अनुगमनका क्रममा करिब ६९ वटा सवारीसाधनमा प्रज्ञापनपत्र पहिले स्वीकृत भएको र सवारीसाधन पछि मात्र भन्सारमा आइपुगेको अवस्था देखिएको छ। यद्यपि अभिलेख व्यवस्थापन व्यवस्थित नभएकाले यस्ता सवारीसाधनको यकिन संख्या अझै निर्धारण हुन सकेको छैन।

यस घटनाबाट राज्यको राजस्वमा परेको प्रभावको हिसाब–किताब निकाल्ने जिम्मेवारी रसुवा भन्सार कार्यालयलाई दिइएको छ। साथै, सवारीसाधनको वास्तविक संख्या र विवरण यकिन गरी तथ्यांक अद्यावधिक गर्न निर्देशनसमेत दिइएको छ।

यस प्रकरणमा संलग्न रहेको आशंकामा विभिन्न विद्युतीय सवारीसाधन आयातकर्ता कम्पनी तथा भन्सार जाँचपास प्रतिनिधिलाई समेत प्रचलित भन्सार कानुनअनुसार कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको जनाइएको छ।

बजेट घोषणापछि भन्सार जाँचपास प्रक्रियामा अनियमितता भएको आशंकामा ७७५ वटा गाडी नियन्त्रणमा लिइएको थियो। तीमध्ये कोरला भन्सारबाट जाँचपास भएका ६४९ वटा सवारीसाधनमा भने आवश्यक प्रक्रिया पूरा भएको पाइएको सम्बन्धित निकायले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको महाधिवेशन एक दिन लम्बिन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित तालिकाभन्दा एक दिन लम्बिन सक्ने भएको छ। बन्द सत्र सुरु हुन ढिलाइ भइरहेका बेला प...

मनिष झाद्वारा रास्वपाको महामन्त्री पदमा उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महाधिवेशनस्थलमा सञ्च...

लुम्बिनी प्रदेश सभाको बैठक मंगलबार बस्नेगरी स्थगित

दाङ। लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार...

भरतपुरमा ट्रकमा स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। प्रहरीका अनुसार ...

रास्वपाको संस्थापक सदस्यलाई स्वत: केन्द्रीय सदस्य बनाउने निर्णय खारेज

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक सदस्यलाई स्वत: केन्द्रीय समिति सदस्य बनाउने निर्णय फिर्ता लिएपछि पार्टी स्थापनाकालदेखि सक्रिय ...

पूर्वमन्त्री राजेन्द्र खरेलको पार्थिव शरीरमा सभापतिले ओढाए पार्टीको झन्डा

काठमाडौं । पूर्वमन्त्री तथा राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेस का नेताहरूले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। ...

सुनचाँदीको मूल्यमा बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार ४०...

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending