Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

विश्व दृष्टि दिवसको अवसर पारी ४ सय ४६ जनाद्वारा आँखा दान सम्झौता

चितवन । विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् ।

लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र आज एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल नेत्रज्योति सङ्घका जिल्ला सभापति एवं भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेललाई हस्तान्तरण गरे ।

आँखाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको लायन्स क्लबले आँखा दान कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यो अभियान सञ्चालन गरेको भट्टले बताए । क्लबले आँखा अस्पताललाई विभिन्न किसिमका उपकरण सहयोग, विभिन्न समयमा आँखा शिविर जस्ता कार्यक्रम गर्दै आएको छ । लायन्स क्लबको एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा धरेलले अस्पतालले निकट भविश्यमा नै चितवनमा आँखा बैंक स्थापना गर्ने योजनाका साथ काम अघि बढाइरहेको जानकारी दिए ।

भीमराज उषामाया पाठक आँखा बैंकका नामबाट स्थापना गरी काम अघि बढेको उनले जानकारी दिए । अहिले जिल्लामा आँखा बैंक नहुँदा तिलगङ्गा आँखा अस्पतालबाट आँखाको नानी मगाउनुपर्ने बाध्यता रहेको छ । यहाँ निकालिएका आँखा पनि व्यवस्थापनका लागि काठमाडौँ पठाइँदै आइएको छ ।

यहाँ आँखा बैंक स्थापनाको प्रक्रिया शुरु भएसँगै अहिलेसम्म नौ जनाको आँखाको नानी झिकिएको छ भने ८२ जनामा आँखा प्रत्यारोपण गरिएको छ । अस्पतालको पहलमा यसअघि ४१५ जनाले आँखा दानका लागि सम्झौता गरिसकेका छन् । एक जना व्यक्तिको आँखाको नानी चार जनासम्मलाई काम लाग्ने भएकाले आँखा दान जीवनको महत्वपूर्ण दान रहेको अस्पतालका सिनियर मेडिकल डाइरेक्टर डा रघुनन्दन व्यञ्जुले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: