काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवार श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै उनले जिल्ला सभापति यादवसहित सात जनाविरुद्ध अनुशासनात्मक कारबाही गर्न केन्द्रमा निवेदन दिएका हुन्।
गुप्ताले दिएको उजुरीमा जिल्ला उपसभापति अमेरिला पाल र संविधानसभा सदस्य शोभाकर पराजुलीको नामसमेत उल्लेख गरिएको छ। उनीहरू निर्वाचनमा पराजित गराउने उद्देश्यले सक्रिय भएको आरोप लगाउँदै गुप्ताले पत्रमा तत्काल उनीहरूलाई पार्टी सदस्यताबाट निलम्बन गर्न माग गरेका छन्।
यस्तै बारा–४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृवष व्रत सिंह, बारा–४ ९ख० का सभापति सुमनकुमार भट्टराई तथा जितपुर–सिमरा नगरकार्यसमिति सभापति छाबिलाल शर्मामाथि पनि कारबाही गर्नुपर्ने उनको माग छ।
यसअघि बारा–२ का उम्मेदवार भैयाराम प्रसाद यादवले पनि जिल्ला सभापति राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न माग गरेका थिए।
त्यसैगरी बारा–३ को क्षेत्रीय कार्यसमितिले समेत जिल्ला सभापतिसहित १६ जनामाथि निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै केन्द्रसमक्ष कारबाहीको सिफारिस गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...
बैशाख ७ गते, २०८३ - १४:३८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग आफू जोडिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनल...
बैशाख ७ गते, २०८३ - १४:१५
काठमाडौं । गृहमन्त्री सुधन गुरूङ ले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। विवादि...
बैशाख ७ गते, २०८३ - १४:०७
काठमाडौं । काठमाडौं महानगरपालिका ले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ। ठमेलस्थित त्रिदेवी मन्दिर...


प्रतिकृया लेख्नुहोस्: