काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी सुस्तिएपछि निक्षेपको ब्याजदर घटाएका कारण बैंकहरूको ७ अर्ब रुपैयाँ जोगिएको छ । बैंकहरूले ग्राहकलाई दिने औसत ब्याजदर एक वर्षमा ६ दशमलव ८ प्रतिशतबाट घटेर पाँच दशमलव ६१ प्रतिशतमा सीमित भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष भदौमा बैंक तथा वित्तीय संस्थामा ३३ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । बैंकहरूले यसका लागि ४० अर्ब १९ करोड रुपैयाँ खर्च गरेका थिए । यस्तो खर्च कुल निक्षेपको एक दशमलव १९ प्रतिशत थियो ।
तर, यो भदौमा संस्थाहरूको निक्षेप ६ खर्ब ४ अर्ब रुपैयाँले बढेर ३९ खर्ब ६० अर्ब पुगेको छ । यसले बैंकहरूको निक्षेपको लागत ४३ करोड घटेर ३९ अर्ब रुपैयाँमा सीमित भएको छ । गत वर्षजस्तै १ दशमलव १९ प्रतिशतको दरमा खर्च गर्नुपरेको भए लागत ४७ अर्ब १२ करोड रुपैयाँ पुग्ने थियो ।
बैंक तथा वित्तीय संस्थाले बचत खाता र मुद्दती खाताको ब्याजदरमा कटौती गरेका हुन् । मुद्दती खातामा यसअघि औसत ९ दशमलव ८७ प्रतिशत ब्याजदर दिइरहेकोमा यस पटक ८ दशमलव ६८ प्रतिशतमा झारेका छन् ।
त्यस्तै, बचतमा यसअघि औसत ४ दशमलव ८५ दिइरहेका संस्थाहरूले ३ दशमलव ३३ मा यसलाई सीमित पारेका छन् । वाणिज्य बैंकहरूले केही वर्षअघि राष्ट्र बैंककै रोहबरमा मुद्दती निक्षेपमा ९ प्रतिशत र साधारण बचतमा ६ प्रतिशतभन्दा बढी ब्याज दिन नपाइने गरी अघोषित सीमा तोकेका थिए । ब्याजदर उकालो लाग्दा गरिएको यो अघोषित प्रतिबद्धता तोडिएसँगै ब्याजदरसमेत ओरालो लाग्न थालेको थियो ।
वाणिज्य बैंकहरूले नै सार्वजनिक गरेको तथ्यांकले भने गत असारको तुलनामा भदौमा ब्याज नदिइने वाणिज्य बैंकहरूमा रहेको चल्ती खातामा ९५ अर्ब रुपैयाँ घटेको छ । चल्ती खातामा सरकारले ठेक्कालगायतका लागि दिने भुक्तानीहरू समेत रहने भएकाले असारपछि यस्तो खातामा रहेको रकम घट्दै जाने बैंकरहरू बताउँछन् ।
‘ब्याज कम दिएका कारण सस्तो लागतको निक्षेप नै गुम्यो भन्न नमिल्ला,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले भने, ‘चल्ती खातामा ग्राहकले ब्याज पाउँदैनन् भने असारको तुलनामा त्यसपछिका महिना यस्तो बचत रकमसमेत घट्दै जान्छ ।’
तर, चल्ती खाताको घट्दो प्रवृत्तिमा भने गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । यो खातामा गत वर्षको असारदेखि साउनमा भने ३० अर्ब ९५ करोड रुपैयाँ मात्रै घटेको थियो । हुन त कल निक्षेपमा समेत एक महिनामा करिब ५ प्रतिशत अर्थात् १५ अर्बले कटौती भएको छ ।
राष्ट्र बैंकले कल बचतमा यसअघि कायम ११–१२ प्रतिशतसम्म ब्याज दिने प्रचलन रोक्दै साधारण बचतसरह ब्याज दिन निर्देशन दिएको थियो । पछि त्यसलाई पुनः संशोधन गर्दै साधारण निक्षेप खातामा दिइने ब्याजदरभन्दा आधा कम (५० प्रतिशत) बराबर मात्र दिन निर्देशन दिएको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: