Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मुख्यमन्त्री शेरधन राईद्वारा पक्की पुलको शिलान्यास

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर र उदयपुरलाई जोड्ने दुधकोशी नदीमा पक्की पुलको शिलान्यास गरेका छन् ।

भोजपुरको हतुवागढी–९ हसपुरको चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैलीलाई जोड्ने उक्त पक्की पुलको सोमबार उनले शिलान्यास गरेका हुन् ।

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको २१ करोड २३ लाख १२ हजार ४०७ रूपैयाँको लगानीमा निर्माण हुने सो पक्की पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपातसहित १० रहेको प्रदेश नं १, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक रेवतीरमन पराजुलीले जानकारी दिए । उनले आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी कालिका प्यासिफिक जेभीले सो पुल निर्माणको ठेक्का लिएको बताए ।

सो अवसरमा मुख्यमन्त्री राईले सो स्थानमा पुल निर्माणको लागि यसअघि तीन पटक बोलपत्र खुलाएको भएपनि कुनै पनि निर्माण व्यवसायीले बोलपत्र नहालेपछि पुल निर्माणमा केही ढिलाई भएको जानकारी दिए । उनले भने, ‘‘यो प्रदेश सरकारको उच्च प्राथमिकतामा परेको पुल हो, यस अघि आह्वान गरिएका तीन वटा बोलपत्रमा कसैले पनि काम गर्ने इच्छा नगरेपछि काममा केही ढिलाई भएको हो । अब यसको निर्माण चाँडै हुनेछ ।’’

मुख्यमन्त्री राईले तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै यदि तोकिएको समयभित्रै गुणस्तरीय रुपमा निर्माण सम्पन्न गरेमा यही स्थानमा एक कार्यक्रमका बीच निर्माण कम्पनीलाई प्रदेश सरकारको तर्फबाट पुरस्कृत गर्ने घोषणा गरे ।

प्रतिनिधिसभा सदस्य सुदन किराँतीले पुल निर्माणले भोजपुरबासीको समृद्धिमा धेरै ठूलो टेवा पुग्ने बताउँदै लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका यस भेगका जनतालाई प्रत्यक्ष लाभ पुग्ने छ र यसले यहाँको समृद्धिको ढोका खुला गर्नेछ भने ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जिल्लाको आर्थिक विकासमा यो पुल कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: