Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढ्दो, मृत्युको कारण खोज्न शुरु

चितवन । प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ । निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने र त्यहीँका भेटेरिनरी डा अमिर सडौला सदस्य रहेको समिति बनाएको छ । संयोजक रानाभाटका अनुसार समितिको बैठक बसेर अध्ययनका विषयबारे छलफल अघि बढाइएको छ ।

गैँडा मरेका क्षेत्रमा केही दिनमा स्थलगत अध्ययन गरिने तथा बृहत् छलफल र विगतका तथ्याङ्कहरुको अध्ययन गरी कारण पहिचान गरिने रानाभाटले जानकारी दिए । चालु आर्थिक वर्षमा हालसम्ममा एउटा गैँडा चोरी सिकारका कारण तथा आठ गैँडा प्राकृतिक कारणले मरेका छन् । अधिकांश गैँडा कसरादेखि पश्चिमतर्फको क्षेत्रमा मरेका थिए । रानाभाटका अनुसार गैँडा मरेका ठाउँको स्थलगत अध्ययनसँगै हरेक गैँडाको मृत्युका कारणको खोजी, बासस्थानको अवस्थालगायत बारेमा अध्ययन गरिने छ ।

यसअघि पनि निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा गठित टोलीले प्राकृतिक कारणबाट गैँडा मर्नुको कारणको अध्ययन गरेको थियो । निकुञ्जमा प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको उपस्थितिमा भएको बैठकले स्थानीय स्तरमा समिति गठन गरी गैँडा मृत्युका कारण खोजी गर्ने निर्णय गरेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि त्यसको न्यूनीकरणका लागि उपायहरुको खोजी गर्न लागिएको हो ।

मुख्य रुपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर तथा एक अर्कोसँग जुधेर मर्ने गरेका छन् । बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ । नदी किनारका मानव निर्मित तटबन्ध पनि बाधक बन्ने गरेका छन् । नदीले बगाएका गैँडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उहाँले बताउनुभयो । नदीले बगाएर गण्डक बाँध पार गरेपछि गैँडा बाहिर आउन कठिन हुने गरेको छ ।

गत वर्ष प्राकृतिक कारणले निकुञ्जमा २६ गैँडा मरेका थिए । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ४३ थियो । सन् २०१५ मा निकुञ्जमा गरिएको गणनाअनुसार यहाँ ६०५ गैँडा रहेका छन् । त्यसयता गैँडा स्थानान्तरण र बाढीका कारण केही घटेका छन् भने प्रजनन भएर केही बढेको अनुमान छ । हरेक चार–चार वर्षमा गैँडा गणना गरिन्छ । गत आर्थिक वर्षमा गैँडा गणना कोरोनाका कारण रोकिएको थियो । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: