Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

वीरको अक्सिजन प्लान्ट सात महिनादेखि अलपत्र, ३५ लाखमा बन्न सक्छ, तर बनाइएन

काठमाडौं । जनताको स्वास्थ्यप्रति सरकारको संवेदनशीलता हेर्न अन्त कतै जानु पर्दैन, वीर अस्पतालको अक्सिजन प्लान्ट हेरे पुग्छ । गत चैतमा बिग्रिएको हो अक्सिजन प्लान्ट, जम्मा ३५ लाखमा बन्ने अनुमान छ । तर, त्यही बजेट पनि नभएकोले सात महिनादेखि प्लान्ट अलपत्र परेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - देशको जेठो अस्पताल वीरले विपन्न बिरामीलाई सेवा दिँदै आएको छ । तर, यही अस्पतालमा कोभिड महामारीबीच पनि अक्सिजन प्लान्ट मर्मत नहुँदा अक्सिजनका सिलिन्डर खरिदमा करोडौं रकम खर्च भइरहेको छ ।

वैशाख ०७४ मा दुई करोड ६६ लाख रुपैयाँमा खरिद गरेर जडान गरिएको अक्सिजन प्लान्ट गत चैतमा बिग्रिएको थियो । दैनिक एक सय ५१ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने सो प्लान्ट अहिले अस्पताल परिसरमा अलपत्र छ ।

अस्पताल भर्ना हुने करिब २० प्रतिशत संक्रमितलाई कुनै पनि समय अक्सिजन आवश्यक पर्ने चिकित्सक बताउँछन् । अझ समयमै अक्सिजन उपलब्ध गराउन सकिए आइसियू र भेन्टिलेटरमा जाने बिरामीको संख्या कम गर्न सकिने पनि चिकित्सक बताउँछन् । तर, ‘कोभिड डेडिकेटेड’ अस्पताल वीरमा अक्सिजन बनाउन सरकार संवेदनशील छैन ।

अहिले वीर अस्पतालले दैनिक ९० देखि १०० सिलिन्डर अक्सिजन किनेर चलाइरहेको छ । ‘अक्सिजन खरिदमा मात्रै लाखौँ रुपैयाँ खर्च भइरहेको छ । त्यसमाथि अहिले अस्पतालसँग पर्याप्त रकम पनि छैन ।

अहिले अक्सिजन सप्लायर्सले पनि अक्सिजनको मूल्य बढाउने भनेका छन्,’ अस्पतालका निर्देशक डा. केदार सेन्चुरी भन्छन्, ‘विदेशबाट सामान ल्याउने भन्ने छ, तर कहिले आउँछ भन्न सकिने अवस्था छैन, छिटोभन्दा छिटो मर्मत गर्ने योजना छ ।’

स्रोतका अभावमा रहेको वीरले सरकारसँग ३२ करोड रुपैयाँ मागेको थियो । जम्मा दुई करोड मात्र पाएकोले आर्थिक रूपमा प्राथमिकता नै छुट्याउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । पिसिआर मेसिन, पिपिई, मास्क खरिद गर्नेदेखि स्वास्थ्यकर्मीलाई भत्ता दिनुपर्ने अवस्था छ, तर पैसा अपुग भएकोले कुनै पनि काम सहज रूपमा गर्न नसकिएको अस्पतालले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending