ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या छ हजार ३१६ पुगेको हो । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । यसैगरी जिल्लामा कूल कोभिड सङ्क्रमित सङ्ख्या आठ हजार ८१० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१५ पुगेको कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।
यसैगरी ललितपुर महानगरपालिकामा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार ८६१ र मृतकको सङ्ख्या ३५ पुगेको र्यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले बताए । उनले बताए, “महानगरपालिकामा हालसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या पाँच हजार ४४२ पुगेको छ भने सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५४६ पुगेको छ ।” महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमणबाट मुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या ८०१ र मृतकको सङ्ख्या छ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जानकारी दिए । उनले भने, “यहाँ अहिलेसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या एक हजार १५४ र सक्रिय सङ्क्रमित सङ्ख्या ३४७ पुगिसकेको छ ।”
गोदावरीमा आज बिहानसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४३५ र मृत्यु हुने नगरवासीको सङ्ख्या सात पुगेको छ । त्यहाँ हालसम्म कूल कोभिड सङ्क्रमित सङ्ख्या ६३१ र सक्रिय सङ्क्रमित सङ्ख्या १८९ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीको वडा नं ११ चापागाउँ ५२ महिला र ६४ पुरुष गरी ११६ जना सबैभन्दा बढी सङ्क्रमित रहेको वडा हो भने वडा नं ७ देवीचौर हालसम्म एक जना व्यक्तिमात्र सङ्क्रमित भएको वडा रहेको नगरपालिका सूचना अधिकृत विष्णु कँडेलले बताए । उनले भने, “गोदावरी ठेगाना भएका तीन पुरुष र एक महिला गरी चार जना व्यक्तिको अझैसम्म पनि पहिचान खुल्न सकेको छैन ।”
यर्कोतर्फ दक्षिण ललितपुरका वाग्मती, महाँकाल र कोञ्ज्योसोम तीन गाउँपालिकाका धेरैजसो कोरोना सङ्क्रमितले स्वास्थ्यलाभ गरेर डिस्चार्ज भइसकेका सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकको भनाइ छ । महाँकाल र कोञ्ज्योसोममा हालसम्म कुनै व्यक्तिले कोरोनाका कारण मृत्यु वरण गर्नुपरेको छैन तर वाग्मती वडा नं ६ आश्राङ निवासी ७० वर्षमाथिका एक जना पुरुषलाई कोरोना लगेर निधन भइसकेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । उनले भने, “यहाँ डिस्चार्ज हुनेको सङ्ख्या १५, होम आइसोलेसनमा सात र गाउँपालिकामा कूल कोभिड सङ्क्रमित सङ्ख्या २२ पुगेको छ ।” गाउँपालिकाका केही व्यक्तिमा कन्ट्याक टे«सिङ गर्दा कोरोना पोजेटिभ देखिए पनि रोगको वास्तै नगरी मज्जाले हिँडिरहने, सजक हुनुपर्छ भनेर सम्झाए पनि ‘मलाई पोजेटिभ देखिएकै छैैन । मलाई यो रोग लागैकै हैन’ भन्नेसम्मका कुरा गर्ने गाउँवासी रहँदा उहाँबाट झन जोखिम बढ्ने पो हो कि भन्ने डर रहेको तिमिल्सिनाले जानकारी गराए ।
महाँकालमा कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १४, सक्रिम सङ्क्रमित एक र कूल कोरोना सङ्क्रमति सङ्ख्या १५ पुगेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए । कोञ्ज्योसोममा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १०, सक्रिय सङ्क्रमित चार र हालसम्म गाउँपालिकामा कूल कोभिड सङ्क्रमति सङ्ख्या १४ पुगेको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए । उनले भने, “गाउँपालिका–३ दलचोकी निवासी एकै घरका चार परिवारमा दोस्रो पटक कोरोना परीक्षण गर्दा पुनः पोजेटिभ नतिजा आएपछि आज तेस्रो पटक हामीले उहाँहरुको स्वाब सङ्कलन गरेर गोदावरी नगरपालिका–६ टीकाभैरवस्थित आनन्दवन अस्पतालमा परीक्षणका लागि लाँदै छौँ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: