Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

उपल्लो डोल्पालीले चामल मागेको दुई महिना बित्यो, ढुवानी हुने लक्षण छैन

डोल्पा । उपल्लो डोल्पामा हिमपातको मौसम नजिकिँदै छ । त्यसक्षेत्रका बासिन्दाले दुई महिनादेखि दुई छाक टार्न चामल मागिरहेका छन् । तर, सरकारले सुनेको छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - छार्काताङसोङ गाउँपालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन । शे–फोक्सुन्डो गाउँपालिकामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल नपठाएको १८ महिना बित्यो । कम्पनीले नियमित चामल नपठाएपछि स्थानीयवासी महँगो मूल्यमा बजारको चामल किनेर उपभोग गर्न बाध्य भएको बताएका छन् ।

छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङका अनुसार स्थानीय बजारमा एक क्विन्टल चामलको मूल्य १२ हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ । गाउँपालिकामा झन्डै तीन हजार जनसंख्याको बसोवास छ ।

‘स्थानीयवासी भोकमरीको चपेटामा पर्दा पनि संघीय सरकारले चामल पठाएन,’ उनी भन्छन्, ‘चामल माग्दै हामी काठमाडौंसम्म पुग्यौँ, तर सधैँ बेवास्ता गरियो ।’ अत्यधिक हिमपात हुने क्षेत्र भएकाले उपल्लो डोल्पामा वर्षमा एक बाली मात्र उत्पादन हुन्छ । गुरुङका अनुसार त्यस क्षेत्रका बासिन्दालाई आफ्नो उत्पादनले तीन महिना पनि खान पुग्दैन ।

शे–फोक्सुन्डो पनि डोल्पामा न्यून खाद्यान्न उत्पादन हुने क्षेत्र हो, जहाँ चीनबाट चामल ढुवानी हुन्छ । ‘चीनले कोरोनाको कारण देखाउँदै चामल ढुवानी गर्न दिएन,’ गाउँपालिका अध्यक्ष टसीतुन्डुप गुरुङ भन्छन्, ‘हाम्रा जनताले चाडबाडमा पनि चामल पाएनन् ।’

जिल्ला खाद्य व्यवस्था समितिको निर्णयअनुसार यस वर्ष माथिल्लो डोल्पाका तीन स्थानीय तहमा एक हजार सात सय क्विन्टल चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पठाउने भनेको थियो ।

कोरोनाका कारण चीनबाट आउन नसक्ने र चिसो बढ्न थालेकाले चामल ल्याउन वैकल्पिक माध्यम अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बताउँछन् । भन्छन्, ‘हिमपातअघि नै चामल ढुवानी नभए माथिल्लो डोल्पामा खाद्यान्न संकट हुने पक्का छ । दुनैसम्म गाडी र त्यहाँबाट पालिका केन्द्र र वडासम्म खच्चडमार्फत ढुवानी व्यवस्था गर्न कम्पनीलाई पत्राचार गरेका छौँ ।’

डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखासहित चार डिपो र दुई बिक्री केन्द्र छन् । तर, ती सबै तल्लो भेगमै छन् । त्यसैले उपल्लो डोल्पामा चामल सहजै पुुग्दैन । अहिले दुनैमा एक सय ८०, जुफालमा ४३, सर्मीमा एक सय ३१ र काइगाउँ डिपोमा एक सय ५० क्विन्टल चामल मौज्दात छ । सहरतारा र लिकुस्थित बिक्री केन्द्रमा सम्बन्धित ठेकेदारले नै चामल बिक्री गर्छन् ।

जिल्ला समन्वय समिति, डोल्पाले कात्तिकभित्र उपल्लो डोल्पामा खाद्यान्न पुर्‍याउन आग्रह गर्दै विभिन्न मन्त्रालय र खाद्य कम्पनीलाई पत्राचार गरेको छ । तर, सरकारबाट चामल आउने सम्भावना नदेखेपछि जाजरकोटबाट घोडा र खच्चडमार्फत ढुवानी गर्ने तयारीमा स्थानीय बासिन्दा छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending