टीकापुर । पुख्र्यौली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायले मादल बिक्री गर्न पाएका छैनन् । मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिक सङ्कट निम्त्याएको छ ।
“आधुनिकताको प्रयोगसँगै मादल बनाउने पेशा लोप हुँदै गएको छ । त्यसमाथि कोरोनाको प्रभावले मादल बनाउने पेशा थप सङ्कटमा पर्यो”, सन्देश बादी भन्छन्, “सबैभन्दा बढी व्यापार हुने समय दशैँ र तिहारमा पनि खासै कारोवार हुन सकेन । यो समयमा सबैभन्दा बढी मादल बिक्री हुन्थे, बनाएका मादल थन्किएका छन् ।”
कुनै समय मादल बनाउन भ्याइनभ्याई हुने बादी समुदायका नागरिक यतिबेला भने फुर्सदमै देखिन्छन् । विगतका वर्षजस्तो यसपालिको तिहारमा खासै काम नआएको गौरीगङ्गा नगरपालिका–१ माघी शिविरका खड्क बादीको भनाइ छ । “दशैँतिहारमा रातदिन मादल बनाउनुपथ्र्यो, यस वर्ष कामै छैन”, खड्क भन्छन्, “मैले यही सिजनमा कमाएको रकमले घर चल्थ्यो, यस वर्ष त दशैँलाई लक्षित गरी तयार गरिएका मादल थन्किएका छन् ।”
कैलालीको टीकापुर–८ सत्तीमा बादी समुदायको पुख्र्यौली पेशा संरक्षणका लागि मादल व्यवसाय सञ्चालक समिति नै गठन गरी मादल बनाउने र बेच्ने गरिँदै आएको छ । विगतका वर्षमा थारू समुदायले दशैँमा धुमधाम नाचगान गर्थे । “थारू समुदायको नाचगानका कारण मादलको कारोवार ठीकै हुन्थ्यो तर यसपालि भने कोरोनाका कारण थारूगाउँमा पनि खासै दशैँको रौनकता भएन”, सञ्चालक समितिका सदस्य सुरज बादी भन्छन्, “थारूगाउँमा नाचगान नहुँदा मादलको व्यापार भएन र तिहारमा देउसीभैलो खेल्नेले मादल किन्थे । यस वर्ष तिहारमा पनि बिक्री हुने छाँटकाँट छैन ।”
सुरज रु ८० हजार खर्च गरी बनाइएका मादल थन्किएका बताउछन् । “यस वर्ष रु साढे दुई लाखसम्म कमाउने समितिको योजना थियो”, सुरजले भने, “कोरोना महामारीका कारण हाम्रो त लगानी पनि उठ्न सकेन ।”
बढ्दो आधुनिकतासँगै बादी समुदायको पुख्र्यौली पेशाको रूपमा रहेका सुल्फा र मादल बनाउने पेशासमेत लोप हुँदै गएका छन् । मानिसहरु आधुनिक बाजामा रमाउन थालेसँगै बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा पर्न थालेको बादी समुदायका अगुवा अर्जुन बादीको बुझाइ छ । “पुख्र्यौली पेशा संरक्षण गर्नुपर्छ”, अर्जुनले भने, “तर आधुनिक बाजाले परम्परागत बाजालाई विस्थापन गर्ने देखिएको छ । यसको संरक्षणमा स्थानीय सरकारले सघाउन आवश्यक छ ।” अर्जुन मादल बनाउने पेशा बादी समुदायको पुख्र्यौली पेशामध्येको एक भएकाले नेपाली संस्कृतिको पहिचानका रूपमा जोगाउन जोड दिन्छन् ।
पछिल्लोसमय नेपाली संस्कृतिमा मादलको साटो अन्य बाजा प्रयोग हुँदै आएका छन् तर पनि नेपाली संस्कृतिमा मादलको पहिचान र महत्व छुट्टै भएकाले मादलको संरक्षणमा जोड दिनुपर्ने खप्तड सांस्कृतिक परिवार टीकापुरका पूर्वअध्यक्ष तथा कलाप्रेमी नवराज रिमाल जोड दिनुहुन्छ । “मादल हाम्रो पहिचानसँग जोडिएको छ”, रिमाल भन्छन्, “नेपाली संस्कृतिसँग मादलको सम्बन्ध गाँसिएको छ । यसको संरक्षण आवश्यक छ ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: