झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा–५ मा केही शिक्षकहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन्।
नेकपा एमालेका अध्यक्ष र सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीको उपस्थितिमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आइतबार आयोजना गरेको कार्यक्रममा शिक्षकहरूले खुलेआम उम्मेदवारको पक्षमा प्रचार गरे।
निर्वाचन आचारसंहिता अनुसार सरकारी शिक्षक, प्राध्यापक र कर्मचारीले राजनीतिक दलको प्रचारमा संलग्न हुन, सदस्यता लिन वा उम्मेदवारको पक्षमा कार्यक्रम गर्न पूर्णतः निषेध छ। तर झापा–५ का एमाले निकट शिक्षकहरूले यस कानुनको उल्लंघन गर्दै राजनीतिक भेला आयोजना गरेका हुन्।
उम्मेदवार ओलीले कार्यक्रममा देशको स्थिरता र विधिको शासनको कुरा गरे पनि आचारसंहिताको उल्लंघनबारे भने कुनै उल्लेख गरेनन्।
स्रोतका अनुसार, राज्यको तलब खाने शिक्षकहरूले उम्मेदवारको गुणगान गर्नु र उम्मेदवारले शिक्षकलाई चुनावी हतियार बनाउनु लोकतन्त्रको उपहास हो। नेकपाका उम्मेदवार रञ्जित तामाङले भने, “यो दृश्य देखेर निर्वाचन आयोग के गर्छ? यसरी खुलेआम आचारसंहिता उल्लंघन हुनु स्वीकार्य छैन।”
कार्यक्रममा शिक्षक संगठनका अध्यक्ष लम्बोदर पौडेल, पूर्वमन्त्री देवेन्द्र दाहाल लगायत जिल्ला शिक्षक संगठनका नेता तथा सदस्यहरूको उपस्थिति थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १ गते, २०८३ - २१:५२
काठमाडाैं । बालेन नेतृत्वको सरकारले छ वटा राष्ट्रिय दलका घोषणापत्र, बाचापत्र र प्रतिबद्धतालाई एउटै दस्ताबेजमा गाँसेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्व...
बैशाख १ गते, २०८३ - २१:३३
काठमाडाैँ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा पूर्व विद्यार्थीबाट गरिएको अन्धाधुन्ध गोलीकाण्डमा कम्तीमा १६ जना घाइते भएका छन् । यस गो...
बैशाख १ गते, २०८३ - २१:२७
कैलाली । कैलाली जिल्लाको लम्की चुहा नगरपालिका–७ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा लम्की ...
बैशाख १ गते, २०८३ - २१:२२
काभ्रेपलाञ्चोक । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर...
बैशाख १ गते, २०८३ - २१:१९
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको संयोजनमा उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरिएको छ । महानगरसहित विभिन्न पालिका र साझा यातायातको सहकार्यमा सेवा सञ...
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...


प्रतिकृया लेख्नुहोस्: