Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

सञ्चारमन्त्री मुहारको मुहार चित्रबाट शुरु भयो ‘हन्ड्रेड आवर्स’

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङको मुहारचित्र कोरेर ‘हन्ड्रेड आवर्स’ अनलाइन कला कार्यशालाको शुरुआत गरिएको छ । मन्त्री गुरुङले उद्घाटन गरेपछि प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उनकै मुहारचित्र बनाएर अनलाइन कार्यशालाको थालनी गरेको हो । उनले मन्त्रीलाई सामुन्य बसाएर उनको मुहारलाई क्यान्भासमा रङ भरे।

उक्त समारोहमा मन्त्री गुरुङले भने, “विश्व अभिलेख राख्ने लक्ष्यसहित आयोजित कार्यक्रमले नेपालको कलासंस्कृतिलाई विश्वसामु पु¥याउने महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले कलासंस्कृतिको विकासका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने आश्वासनसमेत दिए । उनले कलाकारिताको क्षेत्रबाट विश्वलाई जोड्ने प्रयास गरेकामा धन्यवाद व्यक्त गरे ।

प्रतिष्ठानका प्राज्ञ लालकाजी लामाले उक्त कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै विश्वमा नेपालको पहिचान दिलाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ का कारण कलाकारलाई प्रविधिमा जान जोड दिएको र सोहीअनुसार कार्यशालालाई अघि बढाएको उनले बताए ।

विश्व अभिलेख राख्ने उद्देश्यले आयोजना गरिएको कार्यशाला मुलुकका लागि महत्वपूर्ण आयाम भएको कलाकारहरुले बताएका छन् । कोभिड–१९ सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही २३–२७ गतेसम्म १०० घण्टासम्म कार्यशाला आयोजना गरिएको कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस० नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए।

समाजकै नेतृत्वमा शुरु भएको कार्यक्रम एक सय घण्टासम्म निरन्तर कलाकारका कुचीले जलरङका चित्र कोर्नेछन् । कार्यशालामा चित्र कोर्न ७३ जना कलाकार सहभागी छन् । एकजना कलाकारले दुई घण्टा चित्र सिर्जना गर्नेछन् । बीचमा आउनसक्ने अवरोधका लागि जगेडा कलाकारको व्यवस्थापन गर्न २३ कलाकार थप गरिएको छ ।

प्रदेश नं १ मा महेन्द्र राई, प्रदेश २ मा मुकेश महत्तो, वाग्मती प्रदेशमा प्रकाश थापा, गण्डकी प्रदेशमा मनोज तामाङ र लुम्बिनी प्रदेशमा सुमित्रा रानाले नेतृत्व गर्नुहुने छ । ठाउँठाउँबाट कलाकारले समुहमा बसेर चित्र कोर्ने जनाइएको छ । कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE