विरगञ्ज । बारा जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसिपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई रु एक करोड ६८ लाख जरिवाना गरेको व्यापारीक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालमा निर्माण थालिएको वीरगञ्ज पथलैया २६ किलोमिटर सो सडक खण्डको निर्माण कार्यको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेकाले युनाइटेड विल्डर्सलाई कारवाही स्वरुप उक्त रकम जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी तथा इन्जिनीयर विवेक झाले राससलाई बताए ।
पथलैया वीरगञ्ज व्यापारीक मार्ग नामाकरण गरी दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण थालेको थियो । सङ्घीय सरकारको साढे ५ अर्बको लगानीमा सो सडक खण्डको ठेक्का लिएका युनाइटेड विल्डर्सले भुक्तानीसमेत लिएर समयमा काम नगरेकाले उक्त कारवाही गरिएको सूचना अधिकारी झाको भनाइ छ । ठेक्का सम्झौता भई समयमा निर्माण कार्य सम्पन्न नभएपछि चार–चार पटक पुनः म्याद थपिए पनि तोकिएको समयमा काम सम्पन्न नगरेकाले बाध्य भएर सरकारले कारवाही प्रक्रिया अघि बढाएको अर्का इन्जिनीयर सम्पतलाल दासले बताए ।
सो व्यापारिक मार्ग ४ वर्ष अघिनै सम्पन्न हुनुपर्नेमा हालसम्म सम्पन्न हुन नसक्दा वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायी प्रभावित हुँदै आएको छ । यता वीरगञ्ज पथलैया सडक खण्डको परवानीपुरसम्म सडक बनाउने ठेक्का पाएका पप्पु कन्स्ट्रक्सनले ठेक्का नम्बर १ अन्तर्गतको काम सम्पन्न नगरी अटेर गरेकाले कारवाही प्रक्रिया अघि बढाएको सो कार्यालयले जनाएको छ । कारवाही प्रक्रिया रोक्नका लागि पप्पुले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा हालेको सो कार्यालयले जनाएको छ ।
“कालोसूचीमा रहेका पप्पु कन्स्ट्रक्सनले आफू पनि काम नगर्ने र अरुलाई पनि काम गर्न दिदैन । राजनीति आढमा बाधा अवरोध खडा गर्ने गरेको छ”, कार्यालयका कर्मचारीको भनाइ छ । सो सडकको निर्माण गर्ने ठेक्का पाएका अन्य ठेकेदार कम्पनीमध्ये केहीले बाटोमा खाल्डाखुल्डी बनाएर अलपत्र छाडेपछि सो सडकमा मालबाहक गाडीलाई आवतजावत गर्नमा कठिनाइ हुनुका साथै धुलो उड्दा यात्रुहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ ।
समग्रमा सो व्यापारिक मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भए पनि बाँकी काम असार मसान्तसम्ममा पूरा नगरे ठेक्का पाएका अन्य ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाउने योजना प्रमुख मनिषकुमार साहले राससलाई बताए । बढ्दो सवारी चापलाई मध्यनजर गर्दै उक्त दुई लेन सडकको विस्तार गरी ६ लेनको सडक निर्माण गर्न थालिएको छ ।
यस क्षेत्रमा सबैभन्दा बढी सवारी चाप रहेकाले सो सडकको निर्माण भएपछि औद्योगिक करिडोरमा सवारी साधनको चाप घट्ने तथा उद्योगी व्यापारीलाई आफ्नो सामान ओसारपसार गर्न सजिलो हुने छन् । पथलैयादेखि आइसिपीसम्म दुई खण्डमा निर्माण भइरहेको सो व्यापारिक सडकमा तीन वटा पुल निर्माण भइरहेको छ । सो सडक निर्माणकार्य समयमा सम्पन्न नहुँदा सवारी साधनको चापले दुर्घटना हुने, बाटो हिँडने यात्रुलाई स्वास्थ्यमा प्रतिकूल असर परी श्वासप्रश्वास रोगको शिकार हुने, सडक वारपार गर्न समस्या हुने भएकाले समयमै सडक निर्माण गर्न यस क्षेत्रका बासिन्दाको माग छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: