Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

निर्वाचन क्षेत्र विकास कार्यक्रमको ४ करोड रकम ५० योजनामा बाँडफाँड

\"\"

गोरखा । निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र क र ख का लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त रु चार करोड विभिन्न ५० योजनामा बाँडफाँड गरिएको छ ।

कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन क्षेत्र (क) मा प्राप्त रु दुई करोडबाट विभिन्न २५ आयोजना र निर्वाचन क्षेत्र (ख) का लागि प्राप्त रु दुई करोड २५ योजनामा खर्च गर्ने गरी विनियोजन भएको जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोजकुमार गुरुङले जानकारी दिए । निर्वाचन क्षेत्र नं २ (क) मा प्राप्त रकमले दुई वटा सडक स्तरोन्नतिमा रु २५ लाख छुट्याइएको प्रदेशसभा सदस्य हरिशरण आर्चायले जानकारी दिए । जसमध्ये गोरखा नगरपालिका कार्यालयदेखि सिमलगैरी नौबिसे सडक स्तरोन्नतिलाई रु २५ लाख र ठाँटीपोखरी चोकदेखि समिचौतारा देउराली सडकलाई २५ लाख विनियोजन गरिएको हो । पालुङटार नगरपालिका–२ को रातडाँडा युवा क्लब खेलमैदान निर्माण गर्न रु १५ लाख विनियोजन गरिएको उनले जानकारी दिए ।

त्यस्तै गोरखा नगरपालिका–९ को शिखर सामुदायिक भवन निर्माण गर्न रु १० लाख, वडा नं १० स्थित चाइनिज क्याम्पदेखि सिर्दीखोलासम्मको सडक निर्माणमा रु पाँच लाख र चिप्लेटीदेखि बरसिंह हुँदै ढकालगाउँ सडक स्तरोन्नतिलाई रु चार लाख छुट्याइएको सांसद आर्चायले बताए । महिला समूहको भवन, नयाँ सडकको ट्र्याक, सामुदायिक भवन, खानेपानी आयोजना, बाख्रा फार्म, खेलमैदान र मन्दिर निर्माणलगायत शीर्षकमा पनि बजेट विनियोजन गरिएको सांसद आर्चालले जानकारी दिए ।

त्यस्तै निर्वाचन क्षेत्र २ (ख) मा प्राप्त रु दुई करोडमध्ये बारपाक सुलिकोट गाउँपालिका–२ पर्ने राङरुङ कोदेफेदी तुम्सीका मोटरबाटो बनाउन रु २५ लाख, अजिरकोट गाउँपालिका– ४ स्थित बसेल कृषि तथा पशु फार्म निर्माण गर्न रु २५ लाख र सिरानचोक गाउँपालिका–५ मा चाँदनी हरिबले लालीगुराँस सामुदायिक भवन बनाउन रु २० लाख विनियोजन गरिएको प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत क्षेत्र नं २ (ख) मा प्राप्त रकमबाट सिरानचोक–३ हार्मीमा चम्पावती माविमा घेराबार बनाउन रु १० लाख, वडा नं–८ मा रहेको चिप्लेटी खप्टे उम्रुङ सामुदायिक भवन बनाउन रु ९ लाख, वडा नं–६ मा नामरुङ आमा समूहको भवनका लागि रु ९ लाख, बारपाक सुलिकोट– ३ मा रहेको माझथर मावि घेराबारका लागि रु ८ लाख, बारपाक सुलिकोट ३ को हुवामे ठोमो, छेलिङ, बौद्ध समाज घर अधुरो भवन बनाउन रु ७ लाख र अजिरकोट– ४ को हिमालय माविको घेराबारलाई रु ८ लाख विनियोजना गरिएको उनले बताए ।

त्यस्तै खोप केन्द्र, मन्दिर, कृषि तथा पशुपालन पूर्वाधार, सिँचाइ आयोजना, कृषि समूह भैँसीबाख्रा गोठ, युवा क्लबको खेल मैदान, विद्यालयमा घेराबार र सामुदायिक भवन निर्माणलगायत शीर्षकमा बजेट बाँडफाँड गरिएको सांसद दवाडीले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: