Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

घरपालुवा कुकुरको इतिहास र १० रोचक तथ्य

खबरडबली संवाददाता

आजका दिनमा हामीले डोर्‍याउँदै गरेको वा आफ्नै बिस्तरामा लडिबुडी गर्दै गरेको कुकुर अर्थात् केनिस ल्यूपस फेमिलेरिस र मानिसबिचको सहकार्य हुने चरणको बीजारोपण एक लाख वर्ष पहिले भएको थियो । ब्वाँसा प्रजातिबाट छुट्टिएर आफ्नै विशिष्ट चरित्र निर्माण नगर्दासम्म कुकुरलाई मानिसले घरपालुवा जनावरका रूपमा विकास गर्न सकेका थिएनन् ।

मानिस र कुकुरबिच सहकार्य गर्ने अथवा भनौँ पहिलो घरपालुवा कुकुर आजका दिन जर्मनीको बाँन–ओबरकासेल नामको चिहानघारीमा सुती रहेको छ । कुकुर–मानिसबिचको अन्तरक्रियामा त्यस कुकुरलाई इतिहासकै पहिलो मानिन्छ । उनीहरूले आज भन्दा झण्डै १२ हजार पाँच सय वर्ष पहिले सहकार्य गरेका थिए । 

माइट्रोकान्ड्रियल डीएनए (एमटीडीएनए) परीक्षणबाट कुकुरको इतिहासबारे वैज्ञानिकहरूले अध्ययन गरेका छन् । एक लाख वर्ष अघि कुकुर ब्वाँसाबाट छुट्टिएर उत्विकासको चरण पार गर्दै यहाँसम्म आई पुगेको हो । अनुवांशिक अध्ययनबाटै कुकुरहरूको इतिहास पनि मानिस जत्तिकै जटिल रहेको पत्ता लागेको छ । 

पुरापाषाणकलामा कुकुरका दुई प्रजाति थिए । पहिलो– प्राचीन एसियाली कुकुर । दोस्रो युरोपेली पुरापाषाणकालीन कुकुर । कुकुरहरूको उत्पत्ति र इतिहासको अध्ययन गरिरहेका बायोआर्कियोलोजिस्ट ग्रेगर लार्सनले नेतृत्व गरेको अध्ययन टोलीले यस्तो पत्ता लगाएको हो । आजका दिनमा युरोपेली पुरापाषाणकालीन कुकुर विलुप्त भई सके ।

१) ब्वाँसादेखि कुकुरसम्मको यात्रा

कुकुरहरू मानिसको सम्पर्कमा आएर घर पालुवा हुनुअघिसम्म ब्वाँसा प्रजातिमा पर्ने जंगली जनावर थिए । कुकुर–मानिसबिचको सहकार्य कहिलेदेखि हुन थालेको हो भन्नेबारे विभिन्न मत रहे पनि कुकुरको उत्पत्ति र इतिहासमाथि अध्ययन गर्दै गरेका वैज्ञानिक लार्सनले गरेको अध्ययनलाई बढी आधिकारिक मानिन्छ । 

उनले १४ हजारदेखि १२ हजार पाँचसय वर्ष पहिले कुकुर–मानिसबिच सम्पर्क, अन्तरक्रिया हुन थालेको बताउँछन् । कुकुरहरू ब्वाँसो प्रजातिबाट आएका हुनाले उनीहरूको डिएनएमा ९९.९ प्रतिशत समानता पाइन्छ । कुकुरहरूको अनुवांशिकीको अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार कुकुरहरूको इतिहास पनि त्यति नै जटिल छ जति मानिसहरूको ।

२) कुकुरको जन्म

कुकुरले आफ्नो गर्भमा ६२ दिनसम्म बच्चा हुर्काउने गर्छ र त्यसपछि जन्माउँछ । कुकुरका बच्चालाई छाउरा भन्ने गरिन्छ । जसरी बाघको बच्चालाई डमरु । कुकुरका छाउरा जन्मिने बेलामा आँखा नदेख्ने, कान नसुन्ने र दाँत विहीन हुने गर्छन् । 

यसका साथै कुकुरहरू सानै उमेरदेखि नै मानिसले जस्तै सपना देख्छन् । कुकुरहरू आँखा चिम्म गरेर मात्र सपना देख्छन् भने मानिसहरू आँखा खोलेर पनि सपना देख्ने गर्छन् । कुकुरहरूले १० भिन्दा भिन्दै आवाज निकाल्न सक्छन् भने ३४ हजार कम्पन/सेकेन्ड भएको आवाज पनि सुन्न सक्छन् । जबकि मानिसले २० हजार कम्पन/सेकेन्ड भएको आवाज मात्रै सुन्न सक्छन् ।

३) कुकुरको सुँघ्ने क्षमता

अन्य जनावर र मानिसको तुलनामा कुकुरहरूमा सुँघ्ने सक्ने क्षमता निकै धेरै हुन्छ । कुकुरमा मानिसको भन्दा १० हजार गुणा बढी सुँघ्ने सक्ने क्षमता हुन्छ । मानिसमा ५ मिलियन गन्ध ग्रन्थि हुन्छन् भने विभिन्न नस्ल अनुसार कुकुरमा १२५ देखि ३०० मिलियन गन्ध ग्रन्थि सक्रिय हुन्छन् । 

जर्मन सेफर्ड भन्ने कुकुरमा मात्रै सुँघ्नका लागि सहयोगी हुने २२ करोड कोशिका हुने गर्छन् । जबकि मानिसमा ५० लाख कोशिका मात्रै हुने गर्छन् । त्यस्तै कुकुरमा मानिसको भन्दा ५ गुणा धेरै सुन्ने क्षमता हुन्छ ।

४) कुकुरको बुद्धिमत्ता

आम जनावरहरू भन्दा कुकुर धेरै बुद्धिमान हुन्छन् । तर, जति नै बुद्धिमान भए पनि एउटा औसत कुकुरको बौद्धिक क्षमता मानिसको २ वर्षको बालक जति हुन्छ र उसलाई १५० शब्द सिकाउन सकिन्छ । मानिससँगको सहकार्यका कारण पनि हुन सक्छ कुकुर अन्य जनावरले भन्दा मानिसका अधिकांश हाउभाउ बुझ्न सक्ने क्षमता हुन्छ ।

द्वितीय विश्वयुद्धताका हिटलर शासित जर्मनीमा नाजी सैनिक र वैज्ञानिकहरूले कुकुरलाई मानिससँग कुरा गर्ने स्तरको बनाउनका लागि विभिन्न प्रयोग र अनुसन्धान गरिरहेका थिए । जर्मन सैनिक र वैज्ञानिकहरूले विशेष किसिमको कुकुरलाई धेरै नै पढाउने र तालिम दिने काम गरे तर कुकुरहरूले राम्रो नतिजा ल्याउन सकेनन् ।

५) अन्तरिक्ष जाने पहिलो प्राणी

द्वितीय विश्वयुद्धको अन्त्यपछि दुई ठुला महाशक्तिका बिचमा शक्तिको ठुलो होडबाजी चली रहेको थियो । एकातर्फ अमेरिका थियो भने अर्कोतर्फ सोभियत संघको नेतृत्व गरिरहेको रुस । यी दुवै महाशक्तिहरू विज्ञान, प्रविधिदेखि लिएर आर्थिक र सैन्य क्षेत्रमा पनि अब्बल हुनका लागि प्रतिस्पर्धा गरिरहेका थिए । 

ठिक त्यति नै बेला ३ नोभेम्बर १९५७ मा सोभियत संघले अन्तरिक्षमा आफ्नो यान पठाउने भयो । त्यस यानमा पहिलो जीवित प्राणी अर्थात् कुकुर थियो । अन्तरिक्षमा जाने पहिलो कुकुरको नाम लाइका थियो । 

६) कुकुरको रगत

जात प्रथाले गाँजेको हाम्रो समाजमा समानताको भाव प्रसारित गर्न– सबैको रगत एउटै हुन्छ, रातो हुन्छ भनिन्छ । तर, कुकुरको प्रजातिमा १३ प्रकारका रगतहरू भेटिन्छन् । यसका साथै कुकुरको निस्पट्ट अँध्यारो र बिहानीको मिर्मिरेमा हेर्ने क्षमता अन्य बेलाको भन्दा उत्कृष्ट हुन्छ । 

यसका साथै कुकुरको रगतमा रहेका अनेकन ब्याक्टेरियाका कारण १० वर्ष भन्दा माथि बाँच्ने ५० प्रतिशत कुकुर क्यान्सरका कारण मारिन्छन् ।

७) कुकुर भूकम्पबारे छिट्टै थाहा पाउँछन् 

पृथ्वीमा रहेका अन्य कयौँ जनावरले भन्दा कुकुरले भूकम्प र तुफानबारे पहिले नै थाहा पाउने क्षमता राख्छ । उनीहरू जमिनमा हुने कुनै पनि कम्पनलाई पहिले नै महसुस गर्न सक्छन् । त्यसैले कहिले काहीँ भूकम्प वा तुफान आउन लागेको छ भने कुकुरहरू पहिले नै भुक्न थाल्छन् ।

८) लोकप्रिय पाल्तु जनावर

विश्वभर मानिसले सबै भन्दा धेरै मन पराउने पाल्तु जनावरमध्ये कुकुर पर्छ । मानिसको भान्सादेखि अफिससम्म, बेड रुमदेखि गाडीसम्म उसैले प्रवेश पाई रहेको हुन्छ । कुकुर मानिसको कतिसम्म लोकप्रिय जनावर हो भनेर बुझ्नका लागि हामी उपनिवेशकालसम्म पुग्न पर्छ ।

ब्रिटिस उपनिवेशवादीहरू अफ्रिका र भारतमा कुकुरलाई प्रवेश छ तर काला र इन्डियनलाई प्रवेश निषेध छ भनेर बोर्ड लगाउने गर्थे । आजका दिन चार सय मिलियन कुकुर पाल्तु जनावरका रूपमा पालिँदै छ ।

९) कुकुरको जिब्रो

धेरै कुकुरहरूले जुनसुकै बेला आफ्नो जिब्रो बाहिर निकालेर र्‍याल चुहाउँदै गरेको तपाईँहरूले देख्नु भएकै होला । उनीहरूले जिब्रो निकालेको देखेर तपाईँलाई पनि यसरी किन निकालेको होला भन्ने लाग्छ होला ।

खासमा कुकुरले आफ्नो शरीरको तापक्रम मिलाउनका लागि त्यसो गरेको हो । कुकुरहरूले आफ्नो शरीरको तापक्रम जिब्रोबाट नियन्त्रण गर्ने गर्छ । 

१०) कुकुरको मासु

दसैँ–तिहारमा तपाईँहरू अत्यधिक मासु खाएर आत्तिनु भएको छ होला । नेपालमा दसैँको बेलामा प्रायः नेपालीहरू खसी–बोका, भेडा–च्याङ्ग्रा, राँगा–सुँगुर र कुखुराको मासु खान मन पराउँछन् । तर, विश्वमा यस्ता पनि देशहरू छन्, जहाँ उनीहरूको विशेष चाडमा कुकुर खान मन पराइन्छ । 

चीनमा प्रत्येक दिन खपत हुने मासुका लागि ३० हजार कुकुर मारिन्छ । त्यस्तै कुकुरको मासु थाइल्यान्ड, फिलिपिन्स तथा भारको नागाल्याण्डका आदिवासी क्षेत्रमा पनि खाने प्रचलन छ । हामीले बोका पाले जस्तै गरी उनीहरू पनि राम्रो, झक्कले कुकुर पाल्छन् र पछि त्यसको मासु खान प्रयोग गर्छन् ।

एजेन्सीको सहयोगमा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending