Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग

काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइका लागि नेपाली उद्यमीले बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् । अन्तःशुल्क स्टिकर छपाइका लागि आन्तरिक राजश्व विभागले गत अक्टोबर १४ मा बोलपत्र आह्वान गरेको थियो । सो अन्तर्राष्ट्रिय बोलपत्रमा नेपाली उद्यमीले प्रतिस्पर्धा नै गर्न नसक्ने सर्तहरु राखी आह्वान गरेको जनाउँदै उनीहरुले बोलपत्रको प्रतिस्पर्धामा जाने अवसरबाटै वञ्चित गरिएको गुनासो गरे ।

स्टिकर छपाइका लागि आवश्यक योग्यता क्षमता भएको स्वदेशीलाई वञ्चित गर्ने गरी बोलपत्रमा सर्त राखिएको र ती सर्तले आफूहरु प्रतिस्पर्धामै जानबाट वञ्चित भएको मिराज प्रिन्टिङ सोलुसनका निर्देशक मनोहरराज घिमिरेले सोमबार सञ्चारकर्मीलाई जानकारी दिए।

उनले सर्वोच्च अदालतको आदेश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको निर्देशन विपरीत उक्त बोलपत्र आह्वान गरिएको आरोप लगाए। सार्वजनिक खरिद ऐनमा समेत नेपाली उद्यमीहरुका लागि सकारात्मक विभेदको व्यवस्था गर्नुपर्ने प्रावधान रहे पनि त्यसलाई बेवास्ता गर्दै बोलपत्र आह्वान गरिएको निर्देशक घिमिरेको भनाइ छ ।

अन्तःशुल्क स्टिकर छपाइका लागि अन्य सामान्य छपाइजस्तो नभई सुरक्षण मुद्रण आवश्यक पर्छ । यस्तै, नेपाली उद्यमीले अन्तःशुल्क स्टिकर छाप्न सक्ने योग्यता पुष्टि गर्न मौका नदिई तथा विस्तृत अध्ययन अनुसन्धानबाट छाप्न नसक्ने कुराको पुष्टि नै नगरी पुनः विदेशीलाई ठेक्का दिने गरी बोलपत्र आह्वान गरिएको उनको आरोप छ ।

अन्तःशल्क स्टिकर छाप्ने योग्यताको निर्धारण यन्त्रको उपलब्धता हो । स्वदेशी उद्यमीसँग त्यस्ता यन्त्र छन् । प्राविधिक दृष्टिकोणले अन्तःशुल्क स्टिकरभन्दा बढी जटिल प्रकृतिका वस्तुहरु स्वदेशमा नै छपाइ हुँदै आएकामा अन्तःशल्क स्टिकर छाप्न सक्दैनन् भन्ने तर्कको कुनै आधार नभएको व्यवसायीको भनाइ छ ।

मिराज प्रिन्टिङ सोलुसन आइएसओ १४२९८ः२०१३ सर्टिफाइड कम्पनी भएको जनाइएको छ । स्वदेशभित्र हाल सेक्युरिटी प्रिन्टिङ प्रेस योग्य मिराज सहित एर्सल एरोल, सामा प्रिन्टिङ रहेका छन् । मिराजले अहिले नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड छाप्दै आएको छ । करोडौँ लगानी र दक्ष जनशक्ति जोखिममा परेको निर्देशक घिमिरेले बताए। करीब १० वर्षअघि रु ४५ करोड लागतमा उहाँले मिराज प्रिन्टिङ सोलुसन सञ्चालनमा ल्याएका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending