झापा। त्रिभुवन विश्वविद्यालयमा कोभिड–१९ जोखिमबीच पनि सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन हुने भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । प्रत्यक्ष सम्भव नभएका ठाउँमा अनलाइन कक्षालाई निरन्तरता दिइने निर्णय पनि परिषद्को छ ।
कोभिड–१९ महामारीका कारण गत चैतदेखि शैक्षिक संस्था बन्द भएका थिए । लकडाउन सुरु भएको केही समयपछि अनलाइन कक्षा सञ्चालनमा ल्याइएको थियो । तर, अनलाइन कक्षामा माथिल्लो तह र प्राविधिक विषयमा विद्यार्थीको उपस्थिति राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा सहभागिता न्यून थियो । तल्लो तहका अधिकांश विद्यार्थीको अवस्थासमेत पहिचान हुन सकेको थिएन ।
स्थानीय निकायसँग समन्वय गरी कोरोना जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरिएको त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले बताए ।
‘अनलाइनबाट सम्भव नभएका ठाउँमा प्रत्यक्ष कक्षा सुरु गर्ने पहिलो प्राथमिकता हो,’ शिक्षाध्यक्ष भुसालले भने, ‘धेरै जोखिम भएका र प्रत्यक्ष कक्षा सम्भव नभएका ठाउँमा अनलाइन पठनपाठन निरन्तर सञ्चालन हुन्छ ।’
त्रिविले सम्भव भएसम्म प्रत्यक्ष र नभए मात्र वैकल्पिक विधि प्रयोग गरी नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । प्रत्यक्ष कक्षा सञ्चालन नहुँदा विपन्न परिवार र इन्टरनेटको पहुँच नभएका समुदायका विद्यार्थी पठनपाठनबाट वञ्चित थिए । परीक्षालगायत शैक्षिक गतिविधि सञ्चालनमा आएसँगै पठनपाठन पनि प्रत्यक्ष नै सुरु गर्न लागिएको हो ।
रोकिएका परीक्षा धमाधम हुँदै
आठ महिनाअघिदेखि रोकिएका परीक्षा त्रिविले धमाधम लिन थालेको छ । कोभिड महामारीकै बीच स्वास्थ्य सावधानी अपनाएर परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यालयहरूले परीक्षा लिन थालेका हुन् । परीक्षा केन्द्रमा पुग्न सक्ने कोरोना संक्रमित विद्यार्थीलाई अलग्गै राख्ने र नसक्नेलाई प्रमाणका आधारमा पछि लिने व्यवस्था पनि मिलाइएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २८ मंसिरदेखि वार्षिक प्रणालीका विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गर्दैछ । पनिकाको परीक्षा केन्द्रबाट आवेदन भरेका सबै संकायका विद्यार्थीको पनि परीक्षा सञ्चालन हुँदैछ ।
गत १६ वैशाखदेखि सञ्चालन हुने तय भएर स्थगित भएका परीक्षा आठ महिनापछि हुन लागेका हुन् । त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायले थोरै विद्यार्थी भएका केही विषयको परीक्षा यसअघि पनि लिएको थियो ।
२८ मंसिरदेखि सुरु हुने परीक्षामा विद्यार्थीहरू घरपायक केन्द्रबाटै सहभागी हुन सक्ने छन् । आवतजावतमा कठिनाइ र कोरोना संक्रमणको जोखिम कम गर्ने उद्देश्यले त्रिविले घरपायक केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको हो । घरपायकका लागि आवेदन नदिएका परीक्षार्थीले भने तोकिएकै केन्द्रमा पुग्नुपर्नेछ । मंसिर अन्तिम सातादेखि हुन लागेको स्नातकोत्तर तहका सेमेस्टर प्रणालीका परीक्षामा भने डिन कार्यालयअनुसार फरक व्यवस्था गरिएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: