काठमाडौं । अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि एकपटक जोडिएको छ ।
विसं २०७५ पुसमा असन्तुष्टि जनाउँदै साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएको थियो । आज एक समारोहका बीच दोस्रो पटक पार्टी एक भएको घोषणा गरिएको हो । एकीकृत पार्टीका नेताले हिजो जानेर/नजानेर अलग हुनु परेकोमा माफी मागेका छन् । नाम ‘विवेकशील साझा’ पार्टी राखिएको छ । अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे हुनुहुन्छ । कार्यकारी अधिकार दुवैलाई रहने जनाइएको छ ।
दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ गरी १३० र सचिवालयमा १३/१३ गरी २६ सदस्यीय रहने घोषणा कार्यक्रममा जानकारी दिइएको छ । केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय सदस्य चयन गर्नेछ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा रहनेछ । लोगो र चुनाव चिह्न तराजु राखिएको छ । दुई महिनाभित्र सबै संरचना निर्माण गर्ने र छ महिनाभित्र एकता महाधिवेशन गर्ने समारोहमा जारी एकता घोषणापत्रमा उल्लेख छ ।
एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोहीअनुरुप काम कारवाही अघि बढाइने घोषणापत्रमा उल्लेख छ । दुवै पार्टीबाट तीन तीन जना रहने गरी संवाद समिति बनाइएको छ । त्यही समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरेअनुसार पार्टीको कामकारवाही अघि बढ्ने छ ।
घोषणा समारोहमा एकीकृत पार्टीका अध्यक्ष मिश्रले वैकल्पिक शक्तिको रुपमा प्रगतिशील पार्टी बनाउन चाहेको बताए । उनले अप्ठेरो चुनौतीको बाटो तय गर्दा हामी एक पटक लडेको र त्यसबाट ठूलो समुदाय नै प्रभावित हुनु परेकोमा दुःख व्यक्त गरे। “केन्द्रीय नेतृत्वको प्रयास, दबाब समूहलगायत चाहनाका कारण फेरि पार्टी एक हुन सफल भयो, सबैको साथ रहेमा सकारात्मक प्रयास कायम राखी पार्टीलाई अटल बनाउँदै देशको नेतृत्व गर्ने पार्टी बन्नुपर्छ भन्ने हाम्रो चाहना छ”, अध्यक्ष मिश्रले भने । उनले गल्तीको नागरिकले क्षमा दिने विश्वास व्यक्त गरे।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिनमा एकीकरण घोषणा गर्नुको पछाडि भ्रष्टाचारमुक्त समाज, सुशासन र समृद्धिको चाहना जोडिएको अध्यक्ष मिश्रले जानकारी दिए । उनले सक्षम र इमान्दार व्यक्ति नेतृत्वमा नपुगेका कारण मुलुक भ्रष्टाचारबाट माथि उठ्न नसकेको जिकिर गर्दै गणतन्त्रको सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार हो भने। उहाँले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको उल्लेख गरे ।
घोषणा समारोहमा संयोजक पाण्डेले आम नागरिकको एजेण्डा बोक्ने सच्चा लोकतान्त्रिक पार्टी बनाउने उद्घोष गरे। उनले पार्टी फुटेकोमा समेत माफी मागे । विवेकशील नेपाली दल र साझा पार्टी विसं २०७४ साउन ११ गते एकीकरण भएको थियो । आपसी असन्तुष्टिका कारण लामो समय नटिकी विसं २०७५ पुस २७ गते विभाजित भएको थियो । दुवै पार्टी गएको वैशाखदेखि नै एकताको प्रक्रियामा थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: