लमजुङ । लमजुङमा यस वर्ष किसानको अपेक्षाअनुसार उत्पादनमा वृद्धि हुन सकेन । धान फूल खेल्ने बेलामा पानी पर्दा र युरिया मलको अभावले धान उत्पादनमा ह्रास आएकोे कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस वर्ष समयमै पानी पर्दा र रोपाइँ समयमै सम्पन्न हुँदा धान उत्पादन जति वृद्धि हुनुपर्ने थियो हुन नसकेको केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिए । गत वर्षको तुलनामा भने धान उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । धान लगाइसकेपछि परेको पानी र सिँचाइको सविधा भएका ठाउँमा भने धान उत्पादन राम्रो भएको केन्द्रले जनाएको छ ।
जिल्लाको सुन्दरबजार नगरपालिका–४ का किसान लक्ष्मण लामिछानेले ३० रोपनी क्षेत्रफलमा उन्नत र हाइब्रिट धानखेती गरेर गत वर्ष ८० मुरी धान उत्पादन गरे । सोही क्षेत्रफलमा गत वर्षको तुलनामा यस वर्ष समयमै पानी परेकाले १०० मुरीभन्दा बढी धान उत्पादन हुने अनुमान उनको थियो । तर आवश्कताभन्दा बढी पानी परेकाले धानमा फुस्रो लाग्ने र युरिया मलको अभावका कारणले गर्दा गत वर्षको भन्दा घटेर ६५ मुरीमात्रै धान उत्पादन भएको किसान लामिछानेको भनाइ छ । सोही नगरपालिका–११ का बलबहादुर दुराले गत वर्ष २० रोपनी क्षेत्रफलमा ६० मुरी धान उत्पादन गरेका थिए ।
गत वर्ष जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो । केन्द्रका अनुसार गत अघिल्लो आव २०७४/७५ मा १४ हजार ७९१ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४४ हजार ५४५ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस्तै आव २०७३/७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७२/७३ मा १५ हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ४० हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।
जिल्लाका ठुल्ठूला फाँटहरु भोटेवडार, अलैचेफाँट, भोर्लेटार, चक्रतीर्थ, धमिलीकुवा, साइँलीटार, अल्काटारमा धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । जिल्लामा सावित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्धजस्ता जातका धान किसानले लगाउँदै आएका छन् । किसानले पानी कम हुने ठाउँमा भने सुक्खा–१, सुक्खा–२, सुक्खा–३ लगाउने गरेका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेक्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।
वालिङ– स्याङ्जामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा चालु आव २०७७÷७८ मा एक हजार ७७४ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए ।
विगतका वर्षमा धान रोप्न शुरु गर्ने समय र अन्त्य गर्ने समयको अन्तर धेरै हुने गरेकामा यस वर्ष समयमै रोपाइँ शुरु भई समयमै सकिएकाले पनि उत्पादनमा वृद्धि भएको जनाइएको छ । जिल्लाका चापाकोट टार, जिमुहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेवाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र हुन् ।
यहाँ विशेषगरी रामधान, सावित्री, खुमल–४, ११, १३, सुनौलो सुगन्ध, राधा–४ लगायतका उन्नत धान र स्थानीय जातहरुमा पहेँले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले जर्नेली, अनदी, बाटीसरा, झिनुवालगायतका धान लगाउने गरिएको छ । “उन्नत जातको धानखेतीसँगै स्थानीय जातका धान लोप हुन नदिनका लागि रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम सञ्चालन गरेका छौँ”, प्रमुख अधिकारीले भने ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: