काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क क्षेत्रबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन १४ एम्पुल, फेनारगन १४ एम्पुल र डाईजेपाम १४ एम्पुलसहित ३१ वर्षीय एलिस श्रेष्ठ पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय नारायणगढ बाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
झापामा दुई छुट्टाछुट्टै घटनामा सात जना पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–६ बाट ५० ग्राम ४ सय ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित ३१ वर्षीय श्रवण यादवसहित तीन जनालाई पक्राउ गरिएको छ। यस्तै भद्रपुर–५ बसपार्क क्षेत्रबाट १० ग्राम २ सय मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित ३० वर्षीय सुभम साहसहित चार जना पक्राउ परेका छन्। कारबाहीमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको टोली खटिएको थियो।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ लल्का पुल नजिकबाट ९ किलो ७ सय ग्राम गाँजाजस्तो पदार्थसहित मकवानपुरका १९ वर्षीय विनोद मुक्तानसहित दुई जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय सिमरा बाट खटिएको प्रहरीले स्कुटरमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट करिब ७५ ग्राम ब्राउनसुगरजस्तो पदार्थसहित ३१ वर्षीय अबिरल परियारसहित चार जना पक्राउ परेका छन्। उनीहरू सवार स्कारपियो सवारीसाधनलाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० बाट ७ सय ५० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित २९ वर्षीय ग्रिस सिंह ऐरी पक्राउ परेका छन्। कारबाहीमा इलाका प्रहरी कार्यालय बेलडाँडी को टोली संलग्न रहेको जनाइएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: