काठमाडौं। विश्वभर फैलिएको कोरोना महामारीको प्रत्यक्ष असर वाणिज्य बैंकमा पर्दा गत वर्षको तुलनामा लाभांश खुम्चिएको छ । यसबाट अन्य क्षेत्रभन्दा बैंकको सेयरमा नाफा हुने भन्दै लाभांशको लोभमा दोस्रो बजारमा सेयर खरिद गर्नेहरूमा निराशा छाएको छ ।
आजको राजधानी दैनिकमा खबर छ - वाणिज्य बैंकहरूले प्रदान गर्ने लाभांश गत वर्षभन्दा निकै कम भएपछि नाफा बढी हुने र लाभांश पनि बढी पाइने आशा गरेका सेयर खरिदकर्तामा निराशा छाएको हो ।
आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने २० वटा बैंकको लाभांश गत वर्षभन्दा कम भएको छ । अहिलेसम्म घोषित लाभांशमध्ये एनआइसी एसिया र हिमालयनले सबैभन्दा बढी अर्थात् २० प्रतिशत लाभांश घोषणा गरेका छन् । यी बैंकले गत वर्ष क्रमशः २१ दशमलव ५ र २२ प्रतिशत लाभांश दिएका थिए ।
आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेकामध्ये सेन्चुरी कमर्सियल बैंकले सबैभन्दा कम ७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसले गत वर्ष ६.७५ प्रतिशत लाभांश दिएको थियो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वाणिज्य बैंकमध्ये ६ बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।
बैंकहरूले पुस मसान्तसम्म वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने र २१ दिनपूर्व नै वार्षिक साधारण सभासम्बन्धी जानकारी दिइसक्नुपर्ने प्रावधान रहेको छ । लाभांश घोषणा गर्न बाँकी बैंकहरूमा नबिल, एनएमबी, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र सिभिल बैंक रहेका छन् ।
गत वर्ष यी बैंकहरूले क्रमशः ३४, ३५, १६, १५ र १९ प्रतिशत लाभांश दिएका थिए । यस वर्ष यी बैंकहरूले पनि सोभन्दा कम लाभांश दिनेछन् । गत वर्ष एनएमबीले सबैभन्दा बढी लाभांश दिएको थियो । गत वर्ष १७ प्रतिशत लाभांश दिएको बैंक अफ काठमान्डुुले यस वर्ष ३ प्रतिशत नगद र १३ प्रतिशत बोनस सेयर गरी १६ प्रतिशत लाभांश दिने भएको छ ।
यसैगरी गत वर्ष २५ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको ग्लोबल आईएमई बैंक आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १६ प्रतिशत मात्र लाभांश दिन सकिने अवस्थामा पुुगेको छ । यो बैंकले २ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिने भएको छ । २० वटा बैंकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट गत वर्षभन्दा कम लाभांश दिने घोषणा गरेका छन् ।
यसैगरी गत वर्ष ६ प्रतिशत बोनस र २४ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिएको कृषि विकास बैंक यसपालि १५ दशमलव ७९ प्रतिशतमा खुम्चिएको छ । यो बैंकले नगद शून्य दशमलव ७९ प्रतिशत र बोनस १५ प्रतिशत वितरण गर्ने घोषणा गरिसकेको छ । गत वर्ष २५ दशमलव २६ प्रतिशत लाभांश दिएको सिद्धार्थ बैंक पनि १५ प्रतिशतमा सीमित भएको छ । यो बैंकले ३ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर लाभांशका रूपमा दिनेछ ।
गत वर्ष १० दशमलव ५६ प्रतिशत लाभांश दिएको कुमारी बैंक भने यस वर्ष चम्किएको छ । यसले आर्थिक वर्ष २०७६–७७ को लाभांशबाट १४ प्रतिशत लाभांश दिने भएको छ । गत वर्ष २१ दशमलव शून्य पाँच दशमलव लाभांश दिन सफल सानिमा बैंक यस वर्ष १३ दशमलव ६ प्रतिशत मात्र लाभांश दिन सक्ने हैसियतमा पुुगेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: