तनहुँ । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको शहीद नेपाली छात्रावासमा पर्याप्त मात्रामा भवन नहुँदा टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका छन् ।
उक्त क्याम्पस शहरिया र धनाढ्यका छोराछोरीको तुलनामा अधिकांश ग्रामीण क्षेत्रका, मजदुर, किसान र रिक्सा चालकलगायतका छोराछोरीको पहिलो रोजाइँ बन्दै गए पनि भवन अभावमा बाबु–आमा गुमाएका टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका हुन् । उक्त क्याम्पस परिसरमा शहीद चन्द्र नेपालीको सम्झनामा छात्रावास निर्माण गरिए पनि अर्थाभावका कारण थप भवन निर्माण गर्न नसकिएकाले लक्षित वर्गका विद्यार्थी शिक्षाबाट बञ्चित हुनुपरेको क्याम्पस प्रशासनले जनाएको छ ।
झण्डै ४०० भन्दा बढी टुहुरा विद्यार्थी छात्रावासमा बसेर पढ्न पाउने अधिकारबाट बञ्चित हुनुपरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । करिब रु ३५ लाखको लागतमा निर्माण गरिएको छात्रावासमा अहिले ३० विद्यार्थीले बसेर शिक्षा लिँदै आएका छन् । वर्षेनी एकतला थप गर्दै लैजान सकिए वर्षेनी ३० विद्यार्थीलाई छात्रावासमा राख्न सकिने अवस्था थियो । उनले भने, “आर्थिक स्रोत जुटाएर भवन निर्माण गर्न नसक्दा दयनीय अवस्थाका विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुनुपरेको छ ।”
टुहुरा, आर्थिक क्षेत्रबाट पिछडिएका, दलित, जनजाति र दुर्गम बस्तीका विद्यार्थीलाई सहजरूपमा शिक्षा हासिल गर्नका लागि भौतिक संरचना निर्माण गर्नुपर्ने टड्कारो समस्याको रुपमा देखापरेको छ । करिब दुई रोपनी जग्गा निर्मल माध्यमिक विद्यालयले उपलब्ध गराएपछि व्यास नगरपालिकाको रु सात लाख, क्याम्पसको रु पाँच लाख, तत्कालीन जिल्ला विकास समिति र नेपाल सरकारको सहयोगमा गरी छात्रावास निर्माण गरिएको थियो ।
क्याम्पस प्रशासनले बाबुआमा नभएका, दलित, जनजाति, तनहुँ, गोरखा र लमजुङ जिल्लाका दुर्गम क्षेत्रका विद्यार्थीलाई प्राथामिकता दिएर छात्रावासको सुविधा उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिए। छात्रावासमा रहेर अध्ययन गर्ने विद्यार्थीलाई मासिक रु एक हजारमा खानाको व्यवस्था गरे पनि कुनै–कुनै महिना नपुगे छात्रावासमा रहेकाले दामासाहीले रकम उठाएर हिसाब मिलान गर्ने गरेको बताइएको छ । छात्रावासमा रहेका टुहुरा विद्यार्थीका लागि लत्ताकपडा भने विभिन्न सङ्घसंस्थासँग सहयोग मागेर प्रदान गर्ने गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
छात्रावासमा पानीको अभाव
शहीद नेपाली छात्रावासमा पानीको चरम समस्या रहेपछि जिल्लाको देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा पानीको व्यवस्था गर्न शुक्रबारदेखि इनार खन्ने काम शुरु गरिएको छ । क्याम्पस नजिकै रहेको बुल्दीखोला किनारमा इनार निर्माण गरी पानी तानेर छात्रावाससम्म ल्याउनका लागि उक्त पालिकाले पहल गरेको हो ।
छात्रावासमा खानेपानीको व्यवस्था भए पनि नुहाउन र कपडा धुन समस्या भएकाले देवघाट गाउँपालिकासँग कुरा राख्दा रु दुई लाख आर्थिक सहयोग गरेको उक्त क्याम्पस प्रशासनले जनाएको छ । गाउँपालिकाको बजेटले नपुगे क्याम्पसको आन्तरिक स्रोतबाट खर्च गरेर भए पनि पानीको व्यवस्था गरिने बताइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: