सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन् ।
जिल्ला अदालतको मूल द्वारमा धर्ना दिँदै उनीहरूले हत्याका दोषिलाई कारबाही तथा कर्मचारीको सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्ने माग राखेका छन् ।
पूर्वाधार विकास कार्यालयमा कार्यरत सिराहाको सुखीपुर नगरपालिका–६ऽ वैशाखा घर भएका सब इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको आइतबार राति मलङ्गवा नगरपालिका–१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए।
सब इन्जिनियर यादव आइतबार दिउँसो मात्र बुवाको काजकिरिया सकेर मलङ्गवा फर्किनुभएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। उनी घरबाट फर्किएलगत्तै घटना भएको देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए।
मोटरसाइकलमा आएका व्यक्तिले सब इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेको मृतककी श्रीमती पुनम यादवले बताए।
उनको देब्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट गोलीको एक खोका बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरी नायब उपरीक्षक सरोज राईले बताए।
गोली लागेर ढलेका यादवलाई आइतबार राति नै प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
हालसम्म गोली प्रहारको कारण खुल्न नसकेको प्रहरी नायब उपरीक्षक राईले बताए। सब इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलङ्गवा–१० मा डेरामा बस्दै आएको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...
बैशाख ६ गते, २०८३ - १६:४२
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...
बैशाख ६ गते, २०८३ - १६:२५
विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने
बैशाख ६ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...
बैशाख ६ गते, २०८३ - १६:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...
बैशाख ६ गते, २०८३ - १५:४५
काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...
बैशाख ६ गते, २०८३ - १५:३०
काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...
बैशाख ६ गते, २०८३ - १५:१४
हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ । हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...
बैशाख ६ गते, २०८३ - १४:४४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...
बैशाख ६ गते, २०८३ - १४:३६
काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...


प्रतिकृया लेख्नुहोस्: