Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

अध्यक्ष बन्न प्रस्ताव आएपछि वामदेव आन्तरिक परामर्शमा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र अहिले चुलिएको संकट समाधानका लागि उपाध्यक्ष वामदेव गौतमलाई पूर्वएमालेका तर्फबाट अध्यक्ष बनाउने ‘अफर’ अघि सारेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ओलीनिकटका नेताहरूमार्फत प्रस्ताव आएपछि गौतमले शुक्रबार आफूनिकट १४ जना केन्द्रीय सदस्यसँग भैंसेपाटीस्थित निवासमा सुझाब लिएका छन् ।

सहभागीहरूले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसमेतलाई मान्य हुने गरी प्याकेज सहमति बनेको अवस्थामा मात्र यसतर्फ अघि बढ्न सुझाब दिएका थिए । ओलीको प्रस्तावबाट गौतम फेरि एकपटक तरंगित भएका छन् । यद्यपि, यसअघि पनि पटक–पटक धोका भएको भन्दै उनीनिकट नेताहरू पूर्ण आश्वस्त भने हुन सकेका छैनन् ।

प्रधानमन्त्री ओलीले विभिन्न नेतामार्फत गौतमलाई प्रस्ताव गरेकाले सो विषयमा छलफल भइरहेको जानकारी दिए । ‘एक व्यक्ति ः एक पद र विधि र पद्धतिको एजेन्डामा सहमति जनाएर अहिले माधव कमरेडलाई अध्यक्ष बनाउँदा माधव र प्रचण्ड कमरेड समूह मात्रै खुसी हुने अवस्था छ ।

तर, त्यसो गर्दा प्रधानमन्त्रीको विचार समूह खुसी नहुने र सम्झौता पनि नगर्ने अवस्था बन्यो, जनमत र चुनावी घोषणापत्रलाई ख्याल गर्दै प्रधानमन्त्रीले सरकारको नेतृत्व छाड्ने कुरा पनि भएन,’ गौतमनिकट केन्द्रीय सदस्य हरि पराजुलीले नयाँ पत्रिकासँग भने, ‘यो अवस्थामा केपी र माधव कमरेडका दोस्रो तहका केही नेताहरूले वामदेव कमरेडलाई अध्यक्ष बनाउँदा समस्या समाधान हुन सक्छ भन्ने प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक मानेर अगाडि बढाउन निर्देशन दिनु भएको सन्देश आएको छ । त्यसैले उहाँ (गौतम)ले हामीलाई छलफलका लागि बोलाउनु भएको थियो, उहाँले ती कुराहरू हामीलाई जानकारी गराउनु भएको छ ।’

छलफलमा सहभागीले पार्टीमा अहिले रहेको तीनवटै समूहको साझा अध्यक्ष बन्ने गरी अगाडि बढ्न सुझाब दिएको पनि बताए । ‘हामीले त्यसरी आएको प्रस्ताव स्विकार्दा केपी ओलीको मात्रै अध्यक्ष भइन्छ । त्यसबाट उता (ओलीतिर) सचिवालयमा गणना हुँदा पाँच–चार अंंक गणित मात्र हुने हो, तर त्यसले अहिलेको संकट समाधान हुँदैन । त्यसैले केपी, माधव र प्रचण्ड तीनजनाले नै सहमति जनाउने अवस्थामा मात्र जिम्मेवारीका लागि तयार हुनुपर्छ भनेका छौँ,’ पराजुलीले भने, ‘त्यसपछि महाधिवेशनसम्म कसरी जाने, सरकार कसरी सञ्चालन गर्ने भन्ने प्रस्टता हुन्छ भन्ने सुझाब दिएका छौँ ।’

गौतमनिकट केन्द्रीय सदस्य बलराम बाँस्कोटाले पनि गौतमलाई अध्यक्षको अफर आएको पुष्टि गर्दै प्रचण्ड र नेपालसहित सचिवालयका पाँचै नेतासँग समन्वय गर्न र पार्टी बैठकबाटै प्रस्तावमा निर्णय गराउन सुझाब दिएको बताए ।

‘पहिलो कुरा, प्रधानमन्त्रीले आफ्नो कमजोरी स्विकार्नुपर्छ । त्यसपछि मात्र अरू प्रक्रिया अगाडि बढ्ने हो । वामदेव कमरेड एकता बिग्रिन्छ कि भन्ने विषयमा सजग हुनुहुन्छ । अहिलेसम्म त्यही (प्रचण्ड–नेपाल) टिममै हुनुहुन्छ । हामीले त्यहाँभित्र सबैलाई संयमता अपनाऔँ, पार्टी बैठकमै सबै छलफल गरौँं, बाहिरभन्दा पार्टी बैठकले नै सबै कुराको निक्र्योल गर्छ भन्ने सुझाब दिएका छौँ,’ बाँस्कोटाले भने, ‘अहिले अध्यक्ष को हुनेभन्दा पनि संकट कसले सिर्जना गर्‍यो भन्ने विषय महत्वपूर्ण हो । अहिलेको संकट कमरेड केपी र प्रचण्डले सिर्जना गर्नुभएकाले निवारण पनि उहाँहरूले नै गर्ने हो । दुवै बसेर कमजोरी सच्याउनेतिर जानुपर्छ । व्यक्ति फेरेर मात्रै त के हुन्छ र ?’

उता माधव नेपालनिकट स्रोतका अनुसार महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाललाई पनि भेटेर अध्यक्षका लागि तयार रहन प्रस्ताव गरेका थिए । तर, पछिल्लो पटक गौतमलाई अध्यक्ष बनाउने विकल्पमा महासचिव पौडेल, स्थायी समिति सदस्यहरू घनश्याम भुसाल, पोखरेल, योगेश भट्टराईलगायतले छलफल चलाएका छन् । उनीहरूबीच प्याकेज मस्यौदा बनाउनेसम्मका विषयमा शनिबार साँझ महासचिव पौडेलनिवास भैंसेपाटीमा लामो छलफल समेत चलेको छ ।

यो विकल्पमा पूर्वमाओवादी समूहबाट गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, स्थायी समिति सदस्यहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा समेतको सहमति रहेको एक नेताले दाबी गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE