Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्ति

वालिङ । वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ ।

नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताए ।

“महिला फुटबलमा निक्कै सम्भावना बोकेको वालिङका महिला खेलाडीलाई खेलसँगसँगै उनीहरुको शैक्षिक योग्यतालाई पनि मध्यनजर गर्दै छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेका छौं” नगर प्रमुख खाणले भने,“जसले गर्दा खेलसँगै अध्ययन पनि राम्रो हुने र थप आर्थिक बोझ पर्ने छैन ।”

“नगरपालिकाले फुटबल खेलको विकास र खेलाडीको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउनका लागि प्रतिवद्ध भएर लगानी गरेको छ”, उनले भने, “खेलकूदका क्षेत्रमा गरिएको खर्च, खर्च नभइ लगानी हो, भोलिका दिनमा यसले पक्कै पनि प्रतिफल दिन्छ ।”

वालिङको महिला फुटबल टिमले यसअघिका प्रतियोगितामा सहभागिता जनाउँदै राष्ट्रियस्तरमै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकाले आगामी लिगमा सर्वोत्कृष्ट बन्नका लागि आवश्यक रणनीति अपनाउन कुनै कञ्जुस्याइँ नगर्ने नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताए ।

महिला खेलाडीहरुले आफूले अध्ययन गर्दै आइरहेको विद्यालय÷क्याम्पस उल्लेख गरी नगरपालिका कार्यालयमा निवेदन दिएपछि छात्रवृत्तिको प्रक्रिया थालिने उनले बताए ।

वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको क्षमता विकासमा अग्रसरता देखाएर खेलाडीमा ऊर्जा थपेको अखिल नेपाल फुटबल सङ्घ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताए ।

वालिङका महिला फुटबल खेलाडीले विभिन्न उमेर समूहमा राष्ट्रिय टिममा सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश भइसकेका छन् । आगामी माघ ७ गतेबाट काठमाडौँमा हुने महिला फुटबल लिगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टिम तथा वालिङ नगरपालिकासहित अन्य तीन टिम प्रतिस्पर्धामा उत्रदै छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: