काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो, “आयोगले आफ्नो तयारी पूरा गरेपछि बिहीबार दिउँसो ४ बजे राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन पेस गर्ने तयारीमा जुटेको छ ।”
नेपालको संविधानको धारा ९३ (१) अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुने छ ।
संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यदि कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिने संवैधानिक प्रावधान रहेको छ ।
आयोगले अन्तिम प्रतिवेदन पेस गरेसँगै नयाँ सांसदको शपथ ग्रहण र संसदीय दलको नेता चयनका लागि राजनीतिक दललाई बाटो खुल्ने छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ स्थानमा विजय हासिल गरेको छ भने समानुपातिकतर्फ पनि ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । रास्वपा दुई तिहाइको बहुमत नजिक भएकाले एकल सरकार हुने निश्चित छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - १७:१६
काठमाडौँ । भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूम...
श्रावण २० गते, २०८३ - १६:५५
काठमाडौँ। अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैङ्कको गभर्नर र सञ्चालक समितिको पदावध...
श्रावण २० गते, २०८३ - १६:३९
काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परी निधन भएका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार आरोहीको शव उद्धार गरी बेस क्याम्प...
श्रावण २० गते, २०८३ - १६:२८
काठमाडौं। भारतमा मल किन्न जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली नागरिकलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्लाहीको बलरा–५ का सुरेशप्रसाद...
श्रावण २० गते, २०८३ - १६:१०
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। मुख्यमन्त्री कार...
श्रावण २० गते, २०८३ - १५:५०
पोखरा। कास्कीको चर्चित पर्यटकीय क्षेत्र मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा ...
श्रावण २० गते, २०८३ - १५:२४
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकार गठनसँग जोडिएको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार पा...
श्रावण २० गते, २०८३ - १५:१५
सुलीकोट। उत्तरी गोरखाको मनास्लु पदमार्गअन्तर्गत चुमनुब्री गाउँपालिका-६ मा पर्ने रेन्जम क्षेत्रमा पदमार्ग स्तरोन्नतिका लागि साउन २० देखि ३० गतेसम्म खच्...
श्रावण २० गते, २०८३ - १४:५२
काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भन्ने दाबीबारे तीन अन्तर्राष्ट्रिय मा...
श्रावण २० गते, २०८३ - १४:४०
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारमा सहभागिता जनाउने वा नजनाउने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र...



प्रतिकृया लेख्नुहोस्: