Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सिरहाका होटल र रेष्टुराँको वर्गीकरण शुरु

लहान । सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ ।खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन प्रदेश २ कार्यालय जनकपुरले संयुक्त रुपमा सो अभियान शुरु गरेका हुन् ।

अभियानको पहिलो दिन सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको नेतृत्वमा लहानस्थित १७ वटा होटल तथा रेष्टुराँको अनुगमनपश्चात् स्तरीकरणको स्टिकर टाँस गरेको डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

लहानस्थित स्माइली होटल र अर्चिड क्याफे होटललाई उत्तम वर्ग (ख) वर्गको स्टिकर टाँस गरिएको छ भने विशाल, गोधुली, इस्ट पोइन्ट, मारुती होटललगायतमा सन्तोषजन वर्ग (ग) को स्टीकर टाँस गरेको प्रमुख सिंहले उनले बताए । ती होटल र रेष्टुराँका सञ्चालकलाई खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालीमसमेत दिइएको थियो ।

होटल तथा रेष्टुराँ सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे÷नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिएको प्रमुख सिंहको भनाइ छ । खाद्य स्वच्छता, सरसफाइ, भण्डारण, भान्साघर, फोहोरमैला व्यवस्थापनलगायतका विषयको स्थलगत अनुगमनपश्चात् तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्दै प्रमाणपत्रसमेत उपलब्ध गराइएको थियो ।

अनुगमन तथा स्तरोन्नति टोलीमा घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दीपेन्द्रकुमार यादव, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष रामानन्द गुप्ता, उद्योग वाणिज्य सङ्घका र विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागिता रहेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: