Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जाजरकोटको मकै देशका ठूला शहरमा निर्यात

जाजारकोट । वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो ।

अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला शहरमा बिक्री भइरहेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । गाउँबाट प्रतिपाथी रु १०० मा बिक्री भइरहेको उनको भनाइ छ ।

चार वर्षदेखि मकैको बीउ उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाउन लागेको कृषि शाखाले छिटो समयमै तीव्ररूपमा काम हुँदा अहिले जिल्ला बाहिर बिक्रीका लागि पठाउन शुरु गरेको हो । भेरी नगरपालिका–७ रुपाकोट, चौरटोलमा १० हेक्टर जमिनमा मकैको बीउ उत्पादन कार्य बर्सेनि हुँदै आएको छ । नगरपालिकाभित्र बाहिरबाट बीउ ल्याएर मकै लगाउनुपर्ने अवस्था अन्त्य भएको कृषकले बताएका छन् ।

मकैको बीउलाई किराबाट जोगाउनका लागि मकै उत्पादन भण्डारण केन्द्र स्थापना गरी कामसमेत भइरहेको छ । विद्युत् र सडकमा सहज पहुँच छिटो बनाउन केन्द्रका स्थानीयवासीले माग गरेका छन् । रुपाकोटमा लेभलिङ, प्याकेजिङ र ग्रेडिङको काम शुरु भएको प्रमुख अधिकारीले जानकारी दिए । त्यस्तै जिल्लाको नलगाड नगरपालिका–५ रघुनाथलाई मकैको पकेट क्षेत्रका रूपमा अगाडि बढाइएको छ । यस वर्ष नयाँ ठाउँमा विस्तार अभियानमा रहेको कृषि शाखाका बालकृष्ण आचार्यले जानकारी दिए ।

नलगाडबाट मात्र वर्षेनी ७०० क्विन्टलभन्दा बढी मकै बाहिरी जिल्लामा बिक्री हुने गरेको छ । लहँ, हल्चौर र डाँडागाउँमा बढी मकै उत्पादन गरिँदै आएको छ । उत्पादनका हिसाबले भेरी र नलगाड नगरपालिका राम्रो मानिन्छ । सडकको सहज पहुँचसमेत पुगेको क्षेत्रका रूपमा यी स्थानीय तह पर्दछन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: