Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

कोरला नाकामा चिसो घटेपछि लयमा फर्कियो ब्यवसाय

खबरडबली संवाददाता

मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसायमा फर्किएको छने । 

नेपाल–चीन जोड्ने कोरला नाकामा अत्यधिक चिसोका कारण बेंसी झरेर चिनियाँ र स्थानीय सामान बिक्री गरेका गुरूङसँगै २४ नम्बरको कोरला नाकानजिक दसगजा क्षेत्रमा रहेको स्थानीयबासीको अस्थायी टेन्ट तथा सिमापारी समेत नियमित ब्यापारका लागि जाने गरेका छन् । 

विहान–बेलुकी तापक्रम ऋणात्मक हुँदा अधिकांश पसल बन्द गरी जाडो छल्न बेँसी झरेपछि सुनसान भएकोमा फागुनको अन्तिम सातादेखि नियमित ब्यवसायमा फर्किनको संख्या बढ्न थालेको युवा ब्यवसायी गुरूङको भनाइ छ । युवा ब्यवसायी गुरूङ भन्न्छन्, ‘‘अब पर्यटकको पनि आगमन हुन्छ, चिनियाँ सामान पनि धमाधम आउँछ, सबैले पसल खोल्न थालेका छन् ।’’

करिब  ५४ वटा पसल रहेकोमा चैत महिनाको १ गते ६३ जना, २ गते ५१ जना र ३ गते ५४ जना स्थानीय सिमापारी चिनियाँ बजारमा ब्यवसाय गर्न गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सञ्चार शाखाका बरिष्ठ हबल्दार अनुप रानाले जानकारी दिए। 

कोरला नाका क्षेत्रमा करिब एकसय ५४ जना स्थानीयले ब्यवसाय गर्ने गरेकोमा अहिले विद्युतीय सवारीसाधन ल्याउने, सामान ढुवानी गर्नेहरूलाई चिया, नास्ता र खाना खुवाउने पसल छन् । चिनियाँ विद्युतीय सवारी साधनसहित सामान आयात भइरहेको अवस्थामा मुस्ताङको नागरिकता भएका चालकहरू सिमापारी गएर विद्युतीय सवारीसाधन र सामान करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्म ल्याउने भएकाले अहिले एकसयभन्दा बढी मुस्ताङी कोरला नाकामा रहेको छोसेरकी फुर्ब साङ्मु गुरूङको भनाइ छ । 

समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकामा स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामान बिक्री गरिरहेका छन् । चालु आर्थिक बर्ष २०८२–८३ सालको भदौ महिना ३० गतेदेखि ब्यावसायिक रूपमा नाका सञ्चालनमा आएसँगै नाकामा तापक्रम ऋणात्मक बाहेकको समयमा फाटफुट स्थानीयको उपस्थिति रहेको थियो । 

चिनियाँ बजारमा विहान ९ बजे प्रवेशगरी दिउँसो २ बजेसम्म ब्यापार गरी आवश्यक सामान लिएर फर्कने गरिन्छ । कोरला नाकास्थित दसगजा क्षेत्रबाट करिब ३ सय मिटरको दूरीमा नेपालीलाई ब्यवसाय गर्न मिल्ने गरी स्टल बनाइएको छ । मुस्ताङ भन्सार कार्यालयको सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार तिब्वत क्षेत्रबाट नियमित विद्युतीय सवारीसाधन, विद्युतीय उपकरण, खाद्यान्न, लत्ताकपडा सहितका सामान आयात भइरहेको अवस्थामा ब्यवसाय लयमा फर्किन थालेको बताए। 

कोरलास्थित २४ नम्बर, २७ नम्बर र पश्चिमतर्फ रहेको २३ नम्बर पिल्लर रहेकाले इलाका प्रहरी कार्यालय छोसेर, सशस्त्र प्रहरी बलको (बिओपी) ले चिनियाँ प्रहरीसँगको सहकार्यमा अबैध चोरी निकासी नियन्त्रणका लागि गस्ती गर्ने गरेको छ । मुस्ताङको चीनको स्वशासित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ । 

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतको खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको नाका खुलेपछि स्थानीयलाई बरदान भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending