इलाम । कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै शैक्षिक सत्र शुरु भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए । सरकारले विद्यालय शिक्षा निर्देशिका जारी गरे पनि विद्यालय खुल्न सकेका थिएनन् ।
सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गर्दै पाठ्यक्रम समायोजन भएको छ । अध्यापन र अध्ययन सहज भएकाले नियमति समयमै पाठ्यक्रम सक्ने उद्देश्य राखेर विद्यालय शुरु भएका हुन् । जिल्लामा तिहार लगत्तै केही विद्यालय खुले तर कोरोना महामारीको प्रभाव विद्यालयस्तरमै सर्ने अनुमानपछि बन्द भए । पछिल्लो समय भने स्थानीय तहको निर्देशनानुसार विद्यालय खुलेका हुन् ।
पठनपाठनका लागि विद्यालय शिक्षण पद्धतिको विकल्पका बारेमा प्रयोग गरियो । विद्यार्थीको पहुँच नपुगेकाले त्यस्ता विधि प्रभावकारी बन्न सकेनन् । त्यसैले पनि विद्यालय शिक्षण पद्धतिमा फर्किनु परेको जिल्ला शिक्षा तथा समन्वय एकाइ इलामका प्रमुख शम्भु थापाले बताए । शिक्षणका लागि समन्वय एकाइ, स्थानीय तह र विद्यालयकै सहकार्यमा विभिन्न विधि प्रयोग गरियो तर कुनै विद्यालय शिक्षण पद्धतिको तुलनामा कम प्रभावकारी देखिए । विद्यालयहरूले टोल शिक्षण, एफएम÷रेडियो शिक्षण, भर्चुअल(जुम) शिक्षण पनि प्रयोग गरे तर परिमाण सन्तोषजनक आएन ।
एकाइका प्रमुख थापाका अनुसार एफएम रेडियो शिक्षण पद्धतिमा विद्यार्थीको सहज पहुँच पुगे पनि विद्यार्थी शिक्षणको निगरानीमा नआउने भएकाले अध्यापन प्रभावकारी देखिएन । “विद्यार्थीलाई एफएमबाट पढ्न अनुरोध गरियो तर विद्यालयमा जस्तो शिक्षकको निगरानीमा नभएकाले खासै उपलब्धिमूलक देखिएन”, थापाले बताए ।
महामारीमा विद्यालय शिक्षण गर्न नसक्ने भन्दै दुई स्थानीय तह (इलाम नगरपालिका र सूर्योदय नगरपालिका) ले रेडियो शिक्षण पद्धति अपनाए । स्थानीय तीन रेडियोमार्फत शिक्षण गराउँदासमेत उपलब्धि हासिल नहुँदा बीचैमा बन्द गरियो । रेडियो शिक्षण प्रभावकारी नबन्दा बजेटसमेत खर्च नभई फर्किएको छ । “कार्यक्रम सञ्चालन गर्नुअघि विभिन्न वडामा माइकिङसमेत गरेका थियौँ”, सूर्योदय नगरपालिकाका शिक्षा अधिकृत योगनिधि भट्टराईले भने, “तर पनि प्रभावकारी नहुँदा बीचैमा रोक्नुपर्यो ।”
केही स्थानीय तहले घुम्ती शिक्षण पद्धतिसमेत चलाए । यो पद्धति पनि प्रभावकारी बनेन । त्यसपछि केही विद्यालयले जुम पद्धतिबाट अध्यापन गराउन थालेका छन् । विशेषगरी निजी विद्यालयहरूले यो पद्धति लागू गरे पनि प्रभावकारी नभएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामका अध्यक्ष विकास कर्मचार्यले बताए । कर्मचार्यका अनुसार स्थानीय तहले सहजीकरण नगरिदिँदा प्रभावकारी नबनेको हो । “विद्यार्थीलाई मात्र होइन अभिभावकलाई समेत जानकारी गराउनु पर्दो रहेछ । समन्वय अभाव भयो”, कर्मचार्यले भने, “सबै क्षेत्रमा इन्टरनेटको उपभोग गर्न सकिएन । मुख्य कुरा चाहिँ स्थानीय तहले सहजीकरण गरिदिएनन् ।”
केही समयअघि विद्यालय खोल्ने क्रममा जिल्ला सुरक्षा समिति र स्थानीय तहको मापदण्ड पनि बाझिएको थियो । प्रशासनले बन्द गरेको र स्थानीय तहले खोल्न अपिल गरेकाले सरोकारवालासमेत अन्योलमा परेका थिए । पछिल्लो समय अन्योल त छैन तर वैकल्पिक माध्यमको फाइदा हुन नसक्नुमा चाहिँ स्थानीय तहको कमजोरी रहेको कर्मचार्यको तर्क छ । आउँदा दिनमा पनि कोरोना पुनः भयावह भएमा वैकल्पिक विधि नअपनाउँदा शैक्षिक क्षेत्र समस्याबाटै गुज्रिनु पर्ने अनुमान उनको छ ।
जिल्लामा विद्यालय खुले पनि विद्यार्थीको सहभागिता कम छ । कोरोनाका कारण अभिभावकले विद्यार्थी नपठाउँदा अझै पनि पठनपाठन ढिलो हुने सम्भावना छ । फाट्टफुट्ट कोरोना सङ्क्रमित भेटिँदै रहेकाले अभिभावकले विद्यार्थी नपठाएको शिक्षा समन्वय एकाइ बुझाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: