Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

प्रचण्ड-नेपाल समुहलाई ज्ञवालीले भने : गल्ती स्वीकारेर मुलधारमा आउनुस्, नत्र जनताले उचित निर्णय दिनेछन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गरेका छन्।

पार्टीको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आज आयोजित विस्तारित बैठकमा उहाँले पार्टी विभाजन भइनसकेको उल्लेख गर्दै आफ्ना गल्ती र भूल स्वीकारेर नेकपामा कायम रहन आग्रह गरेको हो । परराष्ट्रमन्त्री ज्ञवालीले भने, “केही साथीहरु बरालिएका छन्, गल्ती र भूललाई बिर्सेर मूलधारको पार्टीको बैठकमा आउन म आग्रह गर्छु, अन्यथा जनताले समयमा उचित निर्णय दिनेछन् ।”

उनले पार्टीमा उत्पन्न विवादका कारण मुलुकलाई दुर्घटनाबाट जोगाउन सरकारले जनतामा जाने निर्णय गरेकाले सर्वोच्च अदालतले दुई तिहाइ बहुमतको सरकारले गरेको निर्णयकै पक्षमा फैसला गर्नेमा निश्चिन्त रहन आग्रह गरे ।

नेकपाका स्थायी समिति सदस्य एवं खानेपानीमन्त्री मणि थापाले एकीकरण हुँदाको सहमति तोडेर अध्यक्ष प्रचण्डले विभाजनको बाटो लिएको टिप्पणी गरे। बैठकमा महासङ्घका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले सम्पूर्ण साहित्य, कला र संस्कृतिर्मीको समर्थन मूल पार्टीलाई नै रहेको बताए। महासङ्घका कार्यालय प्रमुख प्रेमनाथ अधिकारीले सङ्गठनको हाल कायम १५१ सदस्यीय केन्द्रीय कमिटीमा ६१ सदस्य नयाँ थप गरिएको जानकारी दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending