काठमाडौँ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।
विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।
उपत्यकामा सबैभन्दा बढि वायुप्रदुषण यातायातको साaधनले बनाउने भएकाले अनावश्यक रुपमा सवारी साधन नचलाउन समेत उनले आग्रह गरे । वायुप्रदूषण ह्वात्तै बढाउने कारक तत्वमध्ये उपत्यकाका इँटा उद्योग, सवारी तथा कलकारखानाबाट निस्किएको धुवाले वातावरणलाई दूषित बनाएको उनले सुनाए । जाडो याममा इँटा उद्योगहरुले इँटा पोल्ने गर्छन् ।
काठमाण्डू उपत्यकाको भौगोलिक बनोटका कारण पनि वायु प्रदूषणका लागि जोखिम बढिरहेको र संवेदनशील अवस्थामा रहेको वातावरणविद् तुलाधर बताउँछन्।
उनले भने, \'हिजो बादल धेरै लागेको थियो र यसले गर्दा कचौरा आकारको काठमाण्डू उपत्यकाको प्रदूषण जहाँको तहीँ रह्यो, दोस्रो भनेको काठमाण्डू उपत्यकाको वरिपरिका वनहरूमा डढेलोको कुराहरू पनि आइरहेका छन् र तेस्रो कारण भनेको जाडोका कारण मानिसहरूले आगो ताप्ने, फोहोर बाल्ने गरेका छन् त्यसले पनि हिजो र आज नै वायु प्रदुषणको अवस्था खराब देखाएको हो।\'
काठमाण्डू उपत्यकाको बनोटकै कारण वायु प्रदूषणको प्रतिकूल अवस्था दोहोरिरहने भन्दै यसको न्यूनीकरणका लागि सरकारी संयन्त्रले काम गर्नुपर्ने तुलाधर बताउँछन्।
शनिवार सूदुरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुका कारण देशका विभिन्न भाग धुम्म रहेको र बिहीवारसम्ममा मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तर काठमाण्डू उपत्यकामा भने बुधवारदेखि मौसममा सुधार आउने र देशभरि बिहीवारदेखि मात्रै मौसम सफा हुने मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाले जनाएको छ।
यो वर्ष कोरोनाभाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका बेला जाडोमा जनस्वास्थ्यमा पुग्ने असर थप जटिल हुने चिकित्सकहरू बताउँछन्।
भेरी अस्पतालमा कार्यरत डा। राजन पाण्डेले जाडोमा न्यानोका लागि बन्द कोठामा कोइला बाल्ने, हीटर चलाउने जस्ता काम रोक्नुपर्ने सुझाव दिएका छन्।
उनले भने, \'बरु बाक्लो लुगा लगाएर, तातो पानी पिएर आफूलाई न्यानो राख्नुपर्छ। दमका बिरामीहरू पनि अत्यावश्यक काम परेमात्रै बाहिर जाने नत्र घरभित्रै बस्ने गर्नुपर्छ।\'
जाडोयाममा देखिने अन्य रोगहरू र कोरोनाभाइरसका लक्षणहरू सामान्यतया उस्तै हुने भएकाले शङ्का लाग्ने बितिक्कै परीक्षण गर्न पनि उनले सुझाएका छन्।
वातावरणविद् भूषण तुलाधर भने खासगरी अहिलेको प्रदूषणका बेला ट्राफिक धेरै हुने क्षेत्रमा बिहान बेलुका नहिँड्न, मास्क लगाएर मात्रै घरबाहिर निस्कन र न्यानोका लागि आगो नबाल्न सुझाउँछन्।
\'हिँड्नै परे पनि दिउँसो २/३ बजेको समयमा ठिक हुन्छ। बिहान र बेलुकाको समयमा हामीले हिँड्दा स्वास्थ्यमा बढी असर गर्छ।\'
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: