Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान दिने भएको छ ।

गत हप्ताबाट कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा नियमित बनाउन र शरीरलाई आवश्यक पोषक तत्व पु¥याउने उद्देश्यले गाउँपालिकाले यहाँका ३६ सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम शुरु गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले एक सय ८० दिनका लागि विद्यालयलाई अनुदान दिन्छन् ।

गाउँपालिकाले दिवा खाजा कार्यक्रमका लागि अनुदान उपलब्ध गराउँदा विद्यालयले स्थानीय उत्पादन र शरीरलाई आवश्यक पोषक तत्व पु¥याउने खालका खाजा व्यवस्थापन गर्नुपर्नेछ । जसअनुसार एक हजार ७०० विद्यार्थीलाई कोदोको रोटी, मकै, भटमास, फर्सी, आलुजस्ता स्थानीय उत्पादनका परिकार दिवा खाजाको रुपमा दिन थालेका छन् ।

दिवा खाजामा स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउन गाउँपालिकाले जोड दिएको हो । बिस्कुट, चाउचाउ, थुक्पा, चाउमिन, भुजियालागायतका फास्टफुड विद्यालयले दिवा खाजाको रुपमा विद्यार्थीलाई दिएमा विद्यालयलाई दिने आनुदान कटौती गर्ने पाथीभरा याङवारक गाउँपालिका अध्यक्ष केशरबहादुर मेन्याङबोले बताए ।

दिवा खाजाको रुपमा विद्यालयले बिस्कुट, चाउचाउ, थुक्पा, चाउमिन, भुजियालागायत फास्टफुडले स्थानीय उत्पादनलाई ओझेलमा पर्ने र स्वास्थ्यका लागि पनि शक्तिवद्र्धक नहुने भएकाले स्थानीय उत्पादनलाई दिवा खाजको रुपमा प्रदान गर्ने भएको उनले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन र स्थानीयवासीको पनि आयआर्जन हुने भएकाले स्थानीय उत्पादनलाई मात्र खाजाको रुपमा प्रयोग गर्न लागेको अध्यक्ष मेन्याङबोको भनाइ छ ।

शक्तिवद्र्धक खाजा वा फास्टफुड के खुवाएको हो भनेर सुपरीवेक्षण तथा अनुगमन पालिकाले गर्ने गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङले बताए । विद्यालयले प्राप्त रकम विद्यार्थी वा अभिभावकलाई दिन नपाइ एकीकृत रूपमा व्यवस्थापन गरी खाजा खुवाउनुपर्ने उनले बताए। अनुगमनका क्रममा शर्तविपरीतका कार्य भएको पाइएमा दिवा खाजा कार्यक्रमअन्तर्गत थप रकम निकासा रोक्का गर्ने अधिकृत तामाङले बताए।

विद्यार्थीहरुले विद्यालयमै दिवा खाजा निःशुल्क पाउन थालेपछि पूरा समयसम्म पढाइ हुन थालेको युवा आधारभूत विद्यालयका प्रधानाध्यापक हेमराज खतिवडाले बताए । सामुदायिक विद्यालयमा पढ्ने भनेको सामान्य परिवारकै छोराछोरी भएकाले कतिपय विद्यार्थीले बिहानको खाना नखाइ आउने र दिउँसो भोक लाग्यो भन्दै घर जाने क्रम रोकेको उनले बताए। दिवा खाजाले विद्यार्थीलाई पढाइप्रति थप अभिरुचि प्रदान गरेको उनको भनाइ छ ।

यस्तै फक्ताङलुङ गाउँपालिकाले ४० सामुदायिक विद्यालयमा विद्यार्थीलाई गत महिनादेखि दिवा खाजा दिँदै आएको शिक्षा शाखा प्रमुख जयप्रसाद रिजालले बताए। ताप्लेजुङका नौमध्ये सात स्थानीय तहमा विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम लागू गर्ने तयारी भइरहेको सम्बन्धित शिक्षा शाखाले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending