Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै व्यहोर्नुपर्ने

काठमाडौं । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी घरमा राखेमा उनीहरूको तलबलगायतका सेवा–सुविधा सम्बन्धित व्यक्तिले नै व्यहोर्नु पर्नेछ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा अनावश्यक सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्ने उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो ।

सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले कायविधि गोप्य राखेको छ । व्यक्तिगत सुरक्षाका नाममा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजारभन्दा धेरै सुरक्षाकर्मीको दुरुपयोग भइरहेको गृह मन्त्रालयको आकलन छ । ‘विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा केही हेरफेर भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले भने, ‘सुरक्षासम्बन्धी विषय भएकाले यो बाहिर ल्याउन मिल्दैन ।’

उच्च पदस्थ व्यक्तिहरूबाट सुरक्षाकर्मीको दुरुपयोग रोक्न यस्तो व्यवस्था गरिएको गृहका एक उच्च अधिकारीले बताए । ‘यो प्रावधानपछि धेरैले सानका लागि घरेलु कामदारका रूपमा राखेका सुरक्षाकर्मी फिर्ता गर्ने हाम्रो आकलन छ,’ ती अधिकारीले भने । अहिले खासगरी पूर्वमन्त्रीहरूले ठूलो संख्यामा सुरक्षाकर्मीको दुरुपयोग गरिरहेका छन् । केही पूर्व मन्त्रीहरूले श्रीमती र छोराछोरीका लागि समेत प्रहरीबाट चालक राखेका छन् ।

पूर्व प्रहरी अधिकारीले पनि नियमविपरीत चालक तथा घरेलु कामदारका रूपमा सुरक्षाकर्मीलाई घरमा राखेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा यस्तो समस्या छ । गृह मन्त्रालय स्रोतका अनुसार नयाँ कार्यविधिमा कस्ता व्यक्तिले कति सुरक्षाकर्मी पाउने भन्ने प्रस्ट व्यवस्था गरिएको छ । यसअघि ‘आवश्यकताअनुसार दिने’ भन्ने निर्णयका कारण सुरक्षाकर्मीको दुरुपयोग भइरहेको थियो । स्रोतका अनुसार अब पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाकर्मी कटौती हुने सम्भावना छ । तर, पूर्व प्रधानमन्त्रीलाई आजीवन सुरक्षा दिने प्रावधान पनि कार्यविधिमा छ ।

नयाँ कार्यविधिले पहिलो पटक पूर्वराजा ज्ञानेन्द्रलाई दिने सुरक्षाबारे प्रस्ट रूपमा उल्लेख गरेको गृह स्रोतको भनाइ छ । उनलाई अहिले सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको छ । पूर्वराजाको व्यक्तिगत सुरक्षा र निर्मलनिवासको सुरक्षामा डिएसपीको कमान्डमा छुट्टाछुट्टै टोली खटिएका छन् ।

त्यस्तै, पूर्वप्रहरी प्रमुखलाई दिइने सुरक्षाकर्मीबारे पनि यसअघि स्पष्ट थिएन । नयाँ कार्यविधिमा सइको कमान्डमा चार सहयोगी दिने उल्लेख छ । त्यस्तै, संसदीय समितिका सभापतिहरूले लगेका सुरक्षाकर्मी पनि गृहले तान्ने भएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयबाट भने सुरक्षा जोखिममा रहेका हरेकले सुरक्षाकर्मी पाउन सक्ने छन् । निर्णयबेगर सुरक्षाकर्मी राख्ने प्रवृत्तिलाई कार्यविधिले नियन्त्रण गर्न खोजेको छ । कार्यविधि कार्यान्वयनमा भने चुनौती रहेको गृहकै एक अधिकारीको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending