चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा सञ्चालन गरिने भएको छ । महत्वपूर्ण विभागमा रोगका सम्बन्धित विशेषज्ञबाट उपचार गर्ने गरी सेवा सञ्चालन गर्न लागिएको हो । अस्पतालमा डक्टर इन मेडिसिन (डिएम), सम्बन्धित विषयमा फेलोसिप, एमसिएचजस्ता विशिष्टीकृत अध्ययन र तालीम गरेका चिकित्सक भएर पनि सबै खालका बिरामी हेर्दै आएका छन् । अस्पतालले त्यस्ता बिरामीलाई सम्बन्धित चिकित्सकबाट उपचार गर्ने व्यवस्था मिलाउन लागेको हो । हाल सञ्चालनमा रहेका विभागभित्र पनि विशिष्टीकृत विभागहरु हुनेछन् ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले भने, “अब भरतपुर अस्पतालमा मुटु, मिर्गौलाजस्ता अङ्गहरुको उपचारसँग सम्बन्धित अध्ययन तथा तालीम लिएका विशेषज्ञ चिकित्सकले विशिष्टीकृत सेवा दिँदैछौँ ।” हाल अस्पतालमा त्यस्ता अध्ययन गरेका विशेषज्ञले सबै खालका बिरामी हेर्दै आएका छन् । जसका कारण अस्पतालमा आएर पनि सम्बन्धित विशेषज्ञ फेला नपारेपछि विशिष्टीकृत सेवाका लागि बिरामी निजी मेडिकल कलेजमा जाने गरेका छन् ।
भरतपुर अस्पतालमा डिएम, एमसिएच, फेलोसिपजस्ता विशिष्टीकृत अध्ययन र तालीम लिएका चिकित्सक भएर पनि सम्बन्धित विभागको अभावमा समग्र बिरामीलाई हेरिरहेको अवस्था छ । अधिकारीले आउँदो दुई महिनाभित्रमा विशिष्टीकृत सेवा दिनका लागि गुणस्तर सुधार उपसमिति गठन गरी काम अघि बढाएको बताए । सरकारी अस्पतलामा काठमााडौँको वीर अस्पतालपछि विशिष्टीकृत बहिरङ्ग सेवा दिने भरतपुर अस्पताल पहिलो हुने उनले जानकारी दिए ।
अस्पताल विकास समितिका सदस्य केशव देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । सो समितिले विशिष्टीकृत सेवाका अतिरिक्त अस्पतालको शुल्क परिमार्जनका लागि विकास समितिमा प्रतिवेदन पेश गर्नेछ । अधिकारीले भने, “लामो समयदेखि अस्पतालको सेवा शुल्क एकै भएकाले कतिपयमा बढाउनुपर्ने र कतिपयमा घटाउनुपर्ने देखिन्छ ।” समितिको प्रतिवेदनका आधारमा शुल्क समायोजन गरिने उनको भनाइ छ ।
अस्पतलाको कतिपय शुल्क निजीसरह छ भने कतिपय साह्रै न्यून छ । समितिका संयोजक देवकोटाले अस्पतलामा भइरहेको सेवाको गुणस्तर सुधारका लागि विस्तृत अध्ययन गरेर दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने बताए । उनले विशिष्टीकृत बहिरङ्ग सेवा, शुल्क समायोजनसँगै अस्पतालको सेवाको गुणस्तर विकासका लागि महत्वपूर्ण हुने गरी प्रतिवेदन तयार गरिने जानकारी दिए । अस्पतालको सूक्ष्म अध्ययन गरेर गुणात्मक सुधारमा जोड दिन लागिएको छ । अस्पतालमा आएका बिरामीलाई पालो कुर्न, औषधि किन्दा सहजता दिलाउन, स्वास्थ्य बीमा सहज बनाउन समितिले काम गर्ने देवकोटाको भनाइ छ ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार यहाँबाट एक वर्षमा तीन लाखभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । जसमध्ये १५ हजारभन्दा बढी प्रसूतिका हुने गर्दछन् । ४० हजारभन्दा बढीले आकस्मिक सेवा लिने गरेको उनको भनाइ छ । राजधानीबाहिर पित्तथैलीको नलीभित्रको पत्थरीलाई मुखबाट पाइप हालेर निकाल्ने पद्धति इआरसिटी यहाँ मात्र हुने पौडेलले जानकारी दिए । भरतपुर अस्पताल प्रसूति र हाडजोर्नी नेपालमा नै उत्कृष्टमध्येको मानिन्छ । पौडेलले विशिष्टीकृत बहिरङ्ग सेवा शुरु भएसँगै धेरै बिरामी लाभान्वित हुने बताए । अस्पतालमा हाल १३ वटा विभाग छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: