Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

खोटाङमा हावाहुरी : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

खबरडबली संवाददाता

खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्‍याएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार हावाहुरीले केही विद्यालय भवन, टहरा र गोठहरूमा समेत क्षति पुर्‍याएको छ। हावाहुरीकै कारण जिल्लाभर विद्युत सेवा पूर्णरूपमा अवरुद्ध भएको छ।

हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारस्थित छोर्दिपा गाउँको एउटै टोलमा करिब १५ घरको छाना उडेको नगर प्रमुख विमला राईले जानकारी दिए। च्यास्मिटार, डिकुवा, बाहुनीडाँडा र धितुङलगायतका स्थानमा गरी करिब २५ घरमा क्षति पुगेको उनले बताए। सबै स्थानको यकिन विवरण वडा कार्यालयमार्फत सङ्कलन भइरहेको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रावाबेँसी गाउँपालिका–१ कुभिण्डे (हरमटार) का युवराज भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका केशव पराजुली, कुमार श्रेष्ठ र रमेश श्रेष्ठ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ का सुनसरी राई, बाम्राङका पदमबहादुर कट्वाल तथा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका छविलाल सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीका घरमा क्षति पुगेको छ।

जिल्लाका विभिन्न स्थानबाट क्षतिको विवरण आउने क्रम जारी रहेको र यकिन तथ्याङ्क संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश बुढाथोकीले जानकारी दिए।

चालापास्थित जनता आधारभूत विद्यालयको भवनको छाना पनि हावाहुरीले उडाएको छ। साथै, रुख ढलेका कारण जिल्लाका धेरै ग्रामीण सडक अवरुद्ध भएका छन्।

हावाहुरीका कारण सदरमुकामसहित जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ। जलजले र ओखलढुंगाबाट आउने ३३ केभी प्रसारण लाइन अवरुद्ध भएको दिक्तेल वितरण केन्द्रले जनाएको छ। जलजलेबाट आउने लाइन रसुवासम्म मर्मत भइसकेको र हाल राजापानी क्षेत्रमा मर्मत कार्य भइरहेको छ। अन्य स्थानमा पनि पोल ढलेकाले मर्मतमा समय लाग्ने जनाइएको छ।

चैत ३ गते साँझसम्म विद्युत सेवा पुन: सञ्चालन गर्ने प्रयास भइरहेको वितरण केन्द्रले जनाएको छ। विद्युत सेवा अवरुद्ध हुँदा मोबाइल नेटवर्कमा समेत समस्या देखिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

रास्वपाले संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनको आश्वासन: कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...

उपदान र पेन्सन योजनाका लागि कोष र माइक्रोफाइनान्सबीच सम्झौता

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...

विवादित व्यवसायीसँगको साझेदारीबारे सदनको जवाफ: एउटै कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नु न्यायोचित हैन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग आफू जोडिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending