Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको बेलायत एक वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - आइतबार टेलिग्राफ पत्रिकामा लेख्दै डेपुटी चिफ मेडिकल अफिसर पनि रहनुभएका प्राध्यापक जोनाथन भ्यान टामले वैज्ञानिकहरूलाई अझैसम्म भाइरस प्रसारमा खोपको प्रभावबारे थाहा नभएकोमा जोड दिएका छन् ।

उनले खोपले आशा जगाएको तर संक्रमणको दर चाँडै कम गरिनुपर्ने बताउँदै भने, ‘कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन। त्यसैले सुरक्षा हुन्छ नै भन्ने छैन ।’ खोप लगाएको दुईदेखि तीन हप्तासम्ममा भाइरसबाट संक्रमित हुन सक्ने सम्भावना रहनेमा उनले जोड दिए ।

वृद्ध मानिसहरूमा खोपको प्रभाव पूर्णरूपमा विकसित होस् भनेर कम्तीमा तीन हप्ताको समय दिँदा उत्तम हुने उनी बताउँछन् । ‘खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत अरूलाई कोभिड–१९ सर्न सक्छ र यसले भाइरस फैलिने चक्रलाई निरन्तरता दिनेछ’,–प्राध्यापक भ्यान टामले भने ।

यसै हप्ता वरिष्ठ चिकित्सकहरूले अधिकारीहरूलाई फाइजर र बायोएन्टेकले विकास गरेको खोपका दुई मात्रा दिनका लागि तोकिएको समय सीमा घटाउन आग्रह गरेका थिए । बेलायतमा धेरै मानिसलाई खोपको पहिलो मात्रा दिनका लागि पहिलो मात्रा प्राप्त गरेको १२ हप्तासम्ममा दोस्रो मात्रा दिने गरी समय सीमा बढाइएको थियो ।

यसअघि पहिलो र दोस्रो खोप प्राप्त गर्नका लागि तीन हप्ताको समय सीमा तोकिएको थियो । तर ब्रिटिस मेडिकल एसोसिएसनले उक्त नीतिको औचित्य सिद्ध गर्न कठिन रहेको बताउँदै खोप दिने समयको अन्तराल ६ हप्तामा झारिनु पर्ने बताएको छ ।

बेलायतमा ५८ लाखभन्दा बढी सर्वसाधारणले खोपको पहिलो मात्रा प्राप्त गरिसकेका छन् । एनएचएस बेलायतका अनुसार सोमबारबाट देशैभर नयाँ खोप केन्द्रहरू खुल्दै छन् । युरोपमा खोपको माग बढिरहेका बेला खोप विकास गरिरहेका कम्पनीहरूले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली संघ निरास बनेको छ ।

बेलायतको कम्पनी एस्ट्राजेनेकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ । त्यस्तै युरोपका कैयौं भागमा फाइजर र बायोएन्टेकले वाचा गरेअनुरूप आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको छ ।

कैयौं युरोपेली देशमा संक्रमितको संख्या उकालो लागिरहेका बेला अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायीरूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको हो । जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटलीका कैयौं क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ । मड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिन समेत बन्द गरिएको छ । गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending