Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

हिउँ परेपछि हुम्लीमा खुशीयाली

हुम्ला । हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए । पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुशी देखिएका छन् ।

हिउँबिना हुम्लीको जीवन चल्दैन । हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन् । हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुशी पनि भित्रिन्छ । हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत पनि भएकाले समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुने गर्दछ ।

सिमकोट गाउँपालिका–५ की बदुमा रावत भन्नुहुन्छ्, “हिउँ पर्नु हाम्रा लागि शुभ सङ्केत पनि हो ।” हिमपात हुँदा कृषि, वन, वातावरण तथा सामाजिक जनजीवनमा समेत सकारात्मक प्रभाव पार्ने नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका पूर्वअध्यक्ष कर्ण रोकायाले बताए । पहिला–पहिला प्रत्येक वर्ष पाँचदेखि १० फिटसम्म हिमपात सजिलै हुन्थ्यो । जलवायु परिवर्तनका कारण केही वर्षदेखि कम हिमपात हुन थालेपछि स्थानीयवासी चिन्तित हुँदै गएका छन् । भदौ महिनादेखि पानी नपर्दा यहाँको खोलानालामा पानी सुक्दै गई खेतीपातीमा प्रभाव परेको थियो ।

पुुसको अन्तिम साता हिमपात हुँदा किसानको मुहारमा खुशी छाएको छ । सिमकोट गाउँपालिका–३ का ज्येष्ठ नागरिक छिरिङ लामाले सुनाए, “समयमै हिउँ प¥यो । अब खेती राम्रो हुन्छ ।” समयमै हिउँ नपर्दा विभिन्न प्रकारको रोगव्याधि पनि फैलिन्छ । हिउँ जडीबुटीका लागि पनि अत्यावश्यक हुने उनको भनाइ छ । हिउँ जीवन धान्न हिउँ नभई नहुने भएपनि बुढाबुढी, बालबालिका र रोगीका लागि भने हिउँपर्नु राम्रो मानिंदैन । स्थानीय तहले हिमपातबाट बालबालिका र वृद्धवृद्धालाई बचाउन सूचना पनि जारी गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: