कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब्सुबा) र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३० युवती तथा महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताए ।
छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष दवाडीले तयारी कक्षामा सहभागिताका लागि माघ १४ गतेसम्म खुला आवेदन आह्वान गरिसकिएको र माग सङ्ख्याभन्दा बढी आवेदन आएमा सहभागी छनोट सामान्य ज्ञान तथा बौद्धिक परीक्षणमार्फत गरिने बताए ।
उनले भने, “कतिपय महिलाको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिनसक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्ष्य गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौँ । राष्ट्रसवेक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।”
सुविधासम्पन्न प्रशासनिक भवन बन्दै
माछापुच्छ«े गाउँपालिकाले आधुनिक र सुविधासम्पन्न प्रशासनिक भवन निर्माण शुरु गरेको छ । गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन (साहुथर) मा १० रोपनी क्षेत्रफलको जमिनमा रु छ करोड ६२ लाख ११ हजार ९०६ लागतमा गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम तीव्रताका साथ भइरहेको छ । साविक लाहाचोक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर हालसम्म गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएकामा अहिलेको भवन साँघुरो हुँदा सेवाप्रवाहमा समस्या छ ।
विसं २०७८ फागुन १६ सम्ममा सम्पन्न गर्ने गरी भवन निर्माणका लागि नयाँ बाटो÷जिएस इञ्जिनीयरिङ जेभीसँग गत भदौ १५ गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए । भवन निर्माणका लागि चालु आर्थिक वर्षमा जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषको रु दुई करोड ५० लाख र प्रदेश सरकारको रु ५० लाख बजेट विनियोजन गरिएको छ । बाँकी रकम गाउँपालिकाले लगानी गर्नेछ ।
विद्युतीय भर्याङ (लिफ्ट) सहित तीन तलाको भवनमा ३९ कोठा रहनेछन् । यसैगरी माथिल्लो तलामा २०० जना क्षमताको सभाहल बन्ने गाउँपालिकाका सबइञ्जिीनियर राजेन्द्र गौतमले जानकारी दिए । भवनको तल्लो तलामा हाल टाइपिङ र पिलर उठाउने काम सकिएको छ । यसैगरी प्रशासकीय भवनको चारैतिर पर्खाल लगाउने काम पनि भइरहेको उहाँले जानकारी दिए ।
गाउँपालिका उपप्रमुख दवाडीले साँघुरो भवनबाट सेवा दिँदा अप्ठ्यारो भएकामा सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा सहज हुने बताए । उनलृ भने, “हालको भवनमा पर्याप्त ठाउँ नहुँदा कार्यालय व्यवस्थापन राम्रोसँग कुर्सी टेवलसमेत राख्न सकिने अवस्था छैन । निर्धारित समयभित्रमा नै सुविधासम्पन्न भवन बनाएर पालिकावासीलाई सहज सेवा दिन्छौँ ।” नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिकसहित कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक विकासलगायतका विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुने जनाइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: