Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रणमा आएन

खबरडबली संवाददाता

बागलुङ। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । खोप अभियान सम्पन्न गरेपनि दादुरा अझै नियन्त्रणमा आइनसकेको हो । फागुनको पहिलो सातादेखि फैलिएको दादुराका अझै २० बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । सोमबार मात्रै ५ जना बिरामी उपचारपछि घर फर्केका छन् ।

फागुन पहिलो सातादेखि हालसम्म १२६ जना दादुराको शंकास्पद लक्षण देखिएको छ भने सात जनामा दादुरा पुष्टि भइसकेको छ । दादुराको बिरामी २१ जनाको नमूना संकलन गरी काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकोमा सात जनामा दादुरा संक्रमण पुष्टि भइसकेको छ भने २० जना अझै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

शंकास्पद १२६ जनामध्ये ८७ जना अस्पताल भर्ना भएका थिए । जसमध्ये जसमध्ये ६७ जना घर फर्किसकेका छन् भने २० जना अझै अस्पतालमा भर्ना भएर उपचाररत रहेको जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।

महामारीको रुपमा बागलुङको ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रणका लागि विभिन्न उपायसँगै खोप समेत लगाइएको छ । शर्माका अनुसार २१ जनाको नमूनामा सात जनामा दादुरा पुष्टी भइसकेको थियो । नियन्त्रणका लागि सचेतना जगाउने, खोप लगाउने र विद्यालय बन्द गर्ने जस्ता कार्य भइरहेको छ । खोप लगाएको कम्तिमा पाँचदेखि सात दिनपछि दादुरा सर्नबाट घट्दै जाने शर्माले जानकारी दिए।

जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार पाँच हजार ७६७ जनालाई खोप समेत लगाइएको छ। दादुरा नियन्त्रणका लागि स्वास्थ्यकर्मीको समूह दिनरात खटिएको खत्रीको भनाइ छ । अझै खोप लगाउन छुटेकाको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले खोजी कार्य समेत गरिरहेको छ ।

बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप अभियान सम्पन्न गरेपनि छुटेकालाई अझै खोप लगाउन सकिनेछ । नगरका नौं वटै वडामा खोप अभियान सम्पन्न गरेपनि महामारीको रुपमा ढोरपाटनको तीन वटा वडामा फैलिएको हो । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ को बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा दादुरा संक्रमण फैलिएको हो ।

ढोरपाटनको विकट गाउँमा महामारीको रुपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका ६ हजार ७६३ बालबालिका र किशोर किशोरीलाई खोप लगाउने लक्ष्य अनुसार ५ हजार ७६७ जनालाई खोप लगाइएको छ ।

दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसन तयार गरेर उपचार भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए। शर्माका अनुसार अहिले बुर्तिबाङ अस्पतालमा १६ र बोबाङ स्वास्थ्यचौकीमा ४ जना दादुरा शंकास्पद बिरामीको  उपचार भइरहेको छ । दादुरा शंकास्पदमा ६१ पुरुष र ६५ महिला रहेका छन् । दादुराबाट छ महिनादेखि ४८ वर्ष उमेर समूह, गर्भवती र स्थानपान गराइरहेकी महिला प्रभावित भएका छन् ।

तत्काललाई दादुरा नियन्त्रणका लागि ढोरपाटन गरी थप फैलन नदिनका लागि नगरपालिकाका सबै नौ वटै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीलाई दादुराको खोप प्रदान गरिएको हो । यस्तै उपचारमा सम्लग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुरा बिरुद्धको खोप लगाइएको हो । फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा संक्रमण भएको पुष्टि भएको थियो । त्यस यता थप सात जनामा संक्रमण पुष्टी भएको र लक्षणका बिरामी पुन बढिरहेको पाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

रोल्पा पहिरोपछि प्रधानमन्‍त्री शाहसँग वर्षमान पुनको भेट: राख महत्त्वपूर्ण चार सवाल

काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending